अमेरिकी रिपब्लिकन दलका सिनेटर नेता मिच म्याकोनेल डिसीको एक पाहुना घरमा लडे पछि अस्पताल भर्ना

इनेप्लिज २०७९ फागुन २५ गते १२:२७ मा प्रकाशित

अमेरिकी रिपब्लिकन दलका सिनेटर नेता मिच म्याकोनेल डिसीको एक पाहुना घरमा लडे पछि अस्पताल भर्ना भएका छन् ।

८१ वर्षीय म्याककोनेलले सन् २००७ देखि सिनेटमा रिपब्लिकन नेताको रूपमा काम गरि रहेका छन ।

“आज साँझ, नेता म्याककोनेल एक निजी रात्री भोजनको क्रममा स्थानीय पाहुना घर (होटेल)मा लडे । उनलाई अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ, “म्याकोनेलका प्रवक्ता डग एन्ड्रेसले बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

यस समयमा उनको टोलीले म्याकोनेलको चोटपटक वा कति समयसम्म अस्पतालमा बस्ने अपेक्षा गरिएको छ भन्ने बारे थप जानकारी उपलब्ध गराएको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

८१ बर्षिय रिपब्लिकनका सशक्त नेता जसले सानै उमेरमा पोलियोलाई जितेका थिए । अगस्त २०१९ मा उनि लडे पछि उनको काँध भाँचिएको थियो ।

म्याकोनेलले २००७ देखि सिनेटमा रिपब्लिकन नेताको रूपमा सेवा गरेका छन् । यस वर्षको सुरुमा सिनेटको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने दलको नेतामा चुनिएका छन् । अर्थात् अमेरिकी माथिल्लो सदनमा रिपब्लिकन दलको तर्फका उनि नेतामा निर्चाचित भएका थिए ।

प्रतिक्रिया