एफबिआईद्वारा डिसेम्बरदेखि बेपत्ता भएकी मिशिगनकी एक महिलाको खोजी जारी

इनेप्लिज २०७९ फागुन २५ गते २:३२ मा प्रकाशित

एफबिआईले डिसेम्बरदेखि बेपत्ता भएकी मिशिगनकी एक महिलाको खोजी जारी राखेको छ । एफबीआईका अनुसार ३५ वर्षीया हेथर माई केली अन्तिम पटक डिसेम्बर १०, २०२२ मा देखिएकी थिइन्।

डिसेम्बरदेखि बेपत्ता भएकी र मारिएको हुनसक्ने मिशिगनकी महिलाको खोजी गर्दै एफबीआईले सूचना अध्यावधिक गरिरहेको छ।

पोर्टेजकी ३५ वर्षीया हेथर माई केली डिसेम्बर १० देखि बेपत्ता छिन ,एफबीआईका अनुसार स्थानीय अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको छ।

एफबीआईले एक छापा विज्ञप्तिमा उनी हत्याको शिकार भएको हुनसक्ने बताएको छ ।

उनले अन्तिम पटक आफ्ना छोराछोरीसँग राति १०:२० बजे कुरा गरेकी थिइन्। स्थानीय समय अनुसार राति उनी चाँडै घर आउनु पर्ने भन्दै अधिकारीहरूले बताएका थिए ।

उनको गाडी डिसेम्बर ११ मा कमस्टक उपनगरमा बेवारिसे अवस्थामा भेटिएको थियो । “गाडीमा आगो लगाइएको थियो र गाडी भित्र रगतको प्रमाण भेटिएको थियो,” कालामाजु काउन्टी शेरिफ रिचर्ड फुलर तृतीयले गत महिना एक पत्रकार सम्मेलनमा भने। साथै उनको लुगा गाडी नजिकै फेला पारिएको थियो ।

अधिकारीहरूले यस संग सम्बन्धित एक अज्ञात व्यक्तिलाई पहिचान गरेका थिए । यस बिषयमा जानकारी दिनेलाई ५ हजार डलको पुरस्कार दिने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया