टेक्ससका महिलाहरूद्वारा राज्यको गर्भपतन प्रतिबन्ध बिरूद्ध मुद्दा दायर

इनेप्लिज २०७९ फागुन २४ गते १२:१४ मा प्रकाशित

टेक्ससका महिलाहरूद्वारा राज्यको गर्भपतन प्रतिबन्धको बिरूद्ध मुद्दा दायर गरेका छन् ।

महिलाहरूले आफ्नो स्वास्थ्य वा भ्रूणको स्वास्थ्यको लागि गम्भीर जोखिम भएको कुराको सामना गर्दा पनि टेक्सस राज्यमा गर्भपतन गर्न अस्वीकार गरेपछि महिलाहरूको समूह र दुई चिकित्सकहरूले टेक्सास राज्यमा मुद्दा हालेका छन्।

मंगलबार दायर गरिएको मुद्दाले टेक्ससको गर्भपतन प्रतिबन्धलाई उल्टाउनुको सट्टा कानूनमा चिकित्सा अपवादको रूपमा के योग्य छ भनेर स्पष्ट पार्न खोजेको छ भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

“म कहिले बिर्सने छैन जब एक विशेषज्ञले आफ्नो मुखावरण (मास्क) च्याते र रद्दीटोकरीमा फाले,” एक वादी, लरेन मिलरले मंगलबार टेक्सस स्टेट क्यापिटल(संसद भवन) बाहिर एक पत्रकार सम्मेलनमा मुद्दाको घोषणा गर्दै भने।

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार मिलरले उनी जुम्ल्याहा बच्चाहरु पेटमा भएको र गर्भवती थिइन । एबिसीन्यूजका अनुसार भ्रूण मध्ये एक ट्रिसोमी १८ नामक गुणसूत्र – विकार ( क्रोमोजोम डिसअर्डर )भएको निदान गरिएको थियो।

एक चिकित्सकले म अब तपाईलाई मद्दत गर्न सक्दिन र तपाईले राज्य छोड्नु पर्छ भनेका थिए । त्यो भ्रूणसँग गर्भवती रहँदा उनको स्वास्थ्य र अन्य भ्रूणको स्वास्थ्य जोखिममा पर्ने उनले बताइन्। उनले अन्ततः गर्भपतन प्राप्त गर्न कोलोराडो यात्रा गरिन। उनले यसै महिना अर्को बच्चा जन्माउने छिन ।

वादीहरूले मंगलबार उनीहरूलाई गर्भपतन अस्वीकार गरिएको थियो भनि पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया