अमेरिकाको फ्लोरिडामा एउटा सानो विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन २४ गते ११:५० मा प्रकाशित

अमेरिकाको मध्य फ्लोरिडामा एउटा सानो विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

फ्लोरिडाको विन्टर हेभनमा रहेको ता हार्टरिजमा दुईवटा विमानहरू मङ्गलबार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

पोक काउन्टी शेरिफको कार्यालयका अनुसार सनराईज एभिएसनका बिमान चालक र उडान प्रशिक्षक र २४ वर्षीया फेथ इरेन बेकर उक्त दुर्घटनामा परेको जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन जना पोल्क स्टेट कलेज(राज्य महाबिद्यालय)का विद्यार्थी १९ वर्षीय जाचरी जीन मेस र पेन्सिलभेनियाको कार्लिसलका ६७ वर्षीय र्यान्डल एल्बर्ट क्रफोर्ड रहेका छन् ।

एनटिएसबि र एफएएले ठक्करको कारण र परिस्थितिहरूको अनुसन्धान गर्ने पोक काउन्टी शेरिफ ग्रेडी जुडले एक विज्ञप्तिमा बताए ।

प्रहरीले चौथो व्यक्तिको पहिचानका लागि काम गरिरहेको अधिकारीहरूले बताएका छन्। बेकर र मेस एक चेरोकी पाइपर १६१ नामक बिमान र क्रफोर्ड र चौथो पीडित एक पाइपर जे -३ नामक बिमानमा भएको शेरिफको कार्यालयले जनाएको छ ।

दुवै विमानमा चारै जना मात्र यात्रु भएको हुनाले खोजी र उद्धार कार्य रोकिएको प्रहरीले जनाएको छ ।

उक्त घटना दिउसो २:०४ मिनेटमा भएको र प्रहरीलाई खबर गरिएको थियो । एउटा विमान पानीको सतह मुनि तैरिरहेको थियो भने अर्को तालको २१ फिट उचाइमा फेला पारिएको प्रहरीले बताए ।

प्रतिक्रिया