मेक्सिकोमा ४ जना अमेरिकी नागरिकको अपहरण गर्ने मध्ये एक जना अपहरणकारी हिरासतमा ,४ मध्ये २ जना मृत फेला

इनेप्लिज २०७९ फागुन २३ गते २३:४४ मा प्रकाशित

मेक्सिकोमा गत ४ जना अमेरिकी नागरिकको अपहरण गर्ने मध्ये एक जना अपहरणकारी हिरासतमा लिईएको सिएनएनले जनाएको छ । अपहरणमा परेका ४ मध्ये २ जना मृत फेला फेला परेका छन् ।

कमसेकम दुई अमेरिकी नागरिकको मृत्युको सम्बन्धमा कम्तिमा एक जनालाई पक्राउ गरिएको तामुलिपासका गभर्नरले भने। गभर्नरका अनुसार उक्त व्यक्ति २४ बर्ष उमेर भएको उनले बताए ।

चार जना अपहरण भएका अमेरिकीहरू मेक्सिकोको मेटामोरस बाहिर “काठको घर” मा फेला पारिएको थियो । ती मध्ये दुई जना जीवित र दुई मृत अवस्थामा फेला पारिएको ,उनले भने।

आपराधिक कार्य चार व्यक्तिलाई विभिन्न स्थानहरूमा लुकाईएको थियो । भ्रम पैदा गर्न र उद्धार प्रयासबाट जोगाउन त्यसो गरिएको थियो ।

शुक्रबार तामुलिपिसमा चार अमेरिकीहरूको अपहरणको क्रममा मेक्सिकोकी एक महिलालाई गोली हानिएको थियो। एफबिआइले दिएको जानकारी अनुसार घाइते भएका पीडितहरुको उपचार अहिले संयुक्त राज्य अमेरिकाको अस्पतालमा भइरहेको एफबीआईले मंगलबारले बताएको छ ।

बाँचेका पीडितहरूमध्ये एक जना गम्भीर घाइते भएको समेत सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया