बोस्टन विमानस्थलमा २ बिमानहरु एक आपसमा उडान समयमा ठोक्किएता पनि कसैलाई चोट लागेन

इनेप्लिज २०७९ फागुन २३ गते १२:१४ मा प्रकाशित

अमेरिकाको म्यासचुसेट्स राज्यको बोस्टन शहरको विमानस्थलमा २ बिमानहरु एक आपसमा उडान समयमा ठोक्किएता पनि कसैलाई चोट नलागेको संघीय उड्डयन प्रशासनले बताएको छ ।

गत सोमबार बिहान बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न निर्धारित दुई उडानहरू द्वार क्षेत्र नजिकै एक अर्कासँग ठोक्किएको संघीय उड्डयन र विमानस्थल अधिकारीहरूले बताए ।

संघीय उड्डयन प्रशासनले जारी गरेको प्रारम्भिक जानकारी अनुसार युनाइटेड विमानसेवाको उडान संख्या ५१५ लिई द्वारबाट पछाडि धकेलेको थियो भने दाहिने पखेटा छेउ मै रहेको युनाइटेड बिमानसेवाको उडान संख्या २६७को पुच्छरमा बिहान ८:३० बजेतिर ठोक्किएको थियो। तर कुनै ठूलो दुर्घटना हुन् पाएन ।

दुवै विमान बोइङ ७३७ थिए । संघीय उड्डयन प्रशासनक अनुसार उडान ५१५ नेवार्क जाँदै थियो भने उडान २६७ डेनभर उडान गर्ने तालिकामा थियो

“दुवै विमानका यात्रहरूलिई सामान्य रूपमा उतारिएका थिए र हामीले उनीहरूलाई विभिन्न विमानमा गन्तव्यमा पुर्‍याउने व्यवस्था गरेका छौं,” युनाइटेडले भन्यो।

दुबै उडानहरू सोही दिनको पछि समयको लागि लागि पुन: तालिका बनाइएको थियो भने अनुसन्धान जारी छ।

पछिल्ला केही महिनाहरूमा व्यावसायिक विमानसँग सम्बन्धित अन्य धेरै सुरक्षा घटनाहरू भएका छन्। जनवरीमा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा, फेब्रुअरीमा अस्टिन, टेक्ससमा अर्को र डिसेम्बरमा हवाईको तटमा एउटा यस्तै दुर्घटना भएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया