निशा अधिकारीले हालिन् पति शरद विरुद्ध अंशवण्डाको मुद्दा तर डिभोर्स नगरिकन, किन ? (भिडियो सहित)

इनेप्लिज २०७९ फागुन २२ गते ११:१२ मा प्रकाशित

क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्ध संशयमा परेको छ ।निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन् ।

एकल सन्तानका रुपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरेको छ ।

केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । अहिले निशा र शरद दुवै नेपालमै बस्छन् ।?

निशा कलाकारितामा र शरद क्रिकेटमा छन् । शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट भने स्थान गुमाएका छन् । निशाले सम्बन्धविच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।

यदि डिभोर्सको मुद्दा दायर गरेमा स्वतः अंशबन्डा हुन्छ । तर, अंश मुद्दा दायर गर्दा स्वतः सम्बन्धविच्छेद हुँदैन । निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् ।

अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथा को सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।

https://www.youtube.com/watch?v=bt2MWjbjLFg

प्रतिक्रिया