‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आजबाट टिकट बुकिङ खुला

इनेप्लिज २०७९ फागुन २२ गते ११:०८ मा प्रकाशित

२०७९ फागुन २२
प्रेस विज्ञप्ती

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को आजबाट टिकट बुकिङ खुला भएको छ । ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने पनि जानकारी गराउँछौं ।

यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् । यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने पनि जानकारी गराउँछौं ।

विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।

(चलचित्रको सम्पूर्ण जानकारीका लागि https://niff.org.np/events/ रहेको छ ।)

प्रतिक्रिया