३,००० टेक्ससका एसियाली अमेरिकीहरूको चालक अनुमति पत्रको विवरण अज्ञानवश आपराधिक समूहमा पठाए पछि पीडित आक्रोशित

इनेप्लिज २०७९ फागुन २२ गते १:३५ मा प्रकाशित

करिव ३,००० टेक्सस राज्यमा बसोबास गर्ने एसियाली अमेरिकीहरूको चालक अनुमति पत्रको विवरण अज्ञानवश आपराधिक समूहमा पठाए पछि उनीहरु आक्रोशित भएका छन् । उनीहरु यसको जवाफ राज्य सार्वजनिक सुरक्षा विभागसंग चाहन्छन भनि एनबिसीन्यूजले समाचार लेखेको छ ।

सुरक्षा प्रश्नहरूको जवाफ दिन व्यक्तिगत जानकारी प्रयोग गर्ने संजालस्थल (वेबसाइट )मार्फत राज्यव्यापी रूपमा हजारौं एसियालीहरूको पहिचान चोरीबाट प्रभावित हुन सक्ने अधिकारीहरूले यस हप्ता खुलासा गरेपछि टेक्ससका एसियाली अमेरिकीहरू आक्रोशित भएका हुन् ।

राज्यको सार्वजनिक सुरक्षा विभाग( डिपार्टमेन्ट अफ सेफ्टी) ले भूलवश अनुमानित ३,००० चालक अनुमति पत्र (ड्राइभर लाइसेन्स )हरू राज्यमा एसियालीहरूलाई लक्षित गर्ने संगठित अपराध समूहलाई पठाएको डिपिएस निर्देशक स्टीव म्याकक्रले गत सोमबार टेक्सस तल्लो सदन समिति( हाउस कमिटी)लाई बताए ।

घटना जुन हाल अनुसन्धानमा छ भने उक्त दुर्घटना गत डिसेम्बरमा पत्ता लागेको म्याकक्रले भने। विभागले यस हप्ता हुलाक मार्फत पीडितहरूलाई सूचित गर्न थालेको एनबिसीन्यूजले जनाएको छ ।

म्याकक्रले संगठनको नाम खुलाएनन्, तर टेक्सस सदन विनियोजन समिति (हाउस एप्रोप्रिएशन कमिटी)लाई न्यूयोर्कमा आधारित चिनियाँ संगठित अपराध समूहले पीडितहरूको नक्कल गर्ने आशामा मुख्य रूपमा चीनबाट आएका गैरकानुनी आप्रवासीहरूलाई बेच्न एशियाली नामहरूसहित चालक अनुमति पत्र प्राप्त गरेको उनले भने ।

आपराधिक संगठनले संजालस्थल (वेबसाइट)मा अनधिकृत प्रवेश (ह्याक) गरेको छैन। बरु, समूहले “असुरक्षा” पत्ता लगाए र यसको फाइदा उठाए उनले भने।

प्रतिक्रिया