फक्ससमाचार सँस्थाका अध्यक्षले २०२० को चुनाव चोरी भएको झूटा दावीहरू कार्यक्रम प्रस्तोताहरुले प्रोत्साहन दिएको स्वीकार गरेका छन ।
फक्स कर्पोरेशन(सँस्था)का रूपर्ट मर्डोकले फक्स न्यूजका प्रस्तोताहरूले झूटा चोरी चुनाव दावीहरूलाई समर्थन गरेको बताए । मर्डोकले सन् २०२० मा राष्ट्रपतीय निर्वाचन बिधुतिय प्रणालीबाट सम्पन्न गराउने जिम्मेबार लिएको डोमिनियन भोटिङ सिस्टमले लिएको अडान र बयान स्वीकार गरेका छन् ।
फक्स न्यूजले डोनाल्ड ट्रम्प र जो बाइडेनको निर्वाचनमा डोमिनियन भोटिङ सिस्टम नामक बिधुतिय पद्धतिबाट निर्वाचन गराएको संस्था बिरुद्ध र विश्वास प्रति पटक पटक फक्सका प्रस्तोताहरुले बारम्बार खैरो खनेका र विश्वास प्रति प्रश्न चिन्ह लगाएका थिए ।
डोमिनियनले फक्सन्यूज बिरुद्ध चुनावमा चोरी भएको आरोप लगाए पछि बदनाम गराएको भन्दै मानहानी र क्षतिपूर्ति स्वरुप १.६ बिलियन डलर मुद्धा हालेको छ ।
आफ्नो वक्तब्य मा मर्डोकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी झूटलाई समर्थन गरेको कुरा अस्वीकार गरे। तर मर्डोकले फक्सन्यूजका कार्यक्रम प्रस्तोताहरु सीन ह्यानिटी, जीनिन पिरो, मारिया बार्टिरोमो, र पूर्व कार्यक्रम प्रस्तोता लु डोब्सले राष्ट्रपतिको प्रतिस्पर्धा चोरी भएको बारे झूटलाई बढावा दिएको स्वीकार गरे भनि सिएनएनले समाचार लेखेको छ ।
अदालतमा दायर गरिएको मुद्धाका अनुसार “हाम्रा केही टिप्पणीकारहरूले यसलाई समर्थन गरिरहेका थिए,” मर्डोकले भने ।सोमबारको वक्तब्यमा फक्स न्यूजले डोमिनियनलाई पुन आक्रमण गरेको छ ।
पाँच हप्ताको सुनुवाई अप्रिल १७ मा सुरु हुने तालिका राखिएको रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया