छक्का पन्जा ४ अमेरिका र क्यानाडामा एभरेस्ट इन्टरटेनमेन्टले ल्याउदै

इनेप्लिज २०७९ फागुन १२ गते २३:३९ मा प्रकाशित

छक्का पन्जा ४ नेपाली चलचित्र अमेरिका र क्यानाडामा एभरेस्ट इन्टरटेनमेन्टले ल्याउने भएको छ ।

दीपकराज गिरी र दिपश्री निरौलाले निर्माण गरेका हुन् भने छक्का पञ्जा ४ हेमराज बीसीद्वारा निर्देशित एक नेपाली चलचित्र हो। २०१६ को चलचित्र छक्का पञ्जा बाट प्रारम्भ भएको यो चलचित्र २०१७ को चलचित्र छक्का पञ्जा २ र २०१८ छक्का पन्जा ३ अब छक्का पन्जा ४ दर्शकहरुको लागि ल्याएको छ ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दिपश्री निरौला, नीर शाह, मलिना जोशीको अभिनय रहेको छ ।

छक्का पञ्जा’ शृङ्खलाको चौथो किस्ताले राजनीतिक र सामाजिक विषयलाई मुख्य विषयवस्तुका रूपमा सम्बोधन गर्नेछ । चलचित्रको अघिल्लो शृङ्खलाले पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षा र प्रेमकथा जस्ता समान विषयहरूलाई समेटेको थियो। घरेलु बक्स अफिसमा दोहोरो अंक भन्दा बढी कमाई गर्दै फिल्मको पहिलो तीन सिरिज निकै सफल भएका छन् । चौथो शृङ्खलालाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेकाले चलचित्रले सफलताको सिलसिला जारी राख्ने अपेक्षा गरिएको छ ।

छक्का पन्जा ४ चलचित्रको अमेरिका र क्यानाडाको लागि अधिकृत वितरक एभरेस्ट इन्टरटेनमेन्ट हो। चलचित्रको नेपालीको बाक्लो बस्ति रहेका शहरबाट अत्याधिक प्रदर्शन गर्ने बारे कुरा आइ रहेको कुरा एभेरेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकारी( CEO) अपार श्रेष्ठले ईनेप्लिजलाई जानकारीदिए ।

हाल सम्म २५ भन्दा धेरै शहरमा छक्का पन्जा ४ प्रदर्शन हुने निश्चित भए को छ। यो चलचित्रले नेपाली सिने जगतको बक्स अफिसको सबै
रेकर्ड तोड्ने अनुमान धेरैको रहेको छ।

अमेरिका र क्यानाडाको कुनै पनि सहरमा यो चलचित्र देखाउन चाहनुहुन्छ भने एभरेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकारी अपार श्रेष्ठसंग सम्पर्क गर्न सक्नु हुनेछ।

सम्पर्कको लागि ४४३ ४१८ ४३४४ वा [email protected] मा सम्पर्क गर्नु सक्नु हुनेछ ।

प्रतिक्रिया