अध्यावधिक गरिएको : फ्लोरिडामा गोलाबारी हुँदा पत्रकार सहित ३ जनाको मृत्यु,१९ बर्षिय संदिग्ध पक्राउ

इनेप्लिज २०७९ फागुन ११ गते १२:१३ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यको ओर्लान्डो शहरमा गत बुधबार एक बन्दुकधारीले बुधबार एक महिलाको हत्या गरे पछि घटनास्थलमा फर्किए र त्यो मृत्युलाई समाचार सम्प्रेषण र समाचार संकलन गर्ने एक पत्रकारको हत्या गरेको प्रहरीले थप जानकारी दिएका छन् ।

प्रहरीका अनुसार त्यसपछि उनलाई पक्राउ गर्नु अघि नजिकैको ९ वर्षीया बालिकालाई गोली हानि हत्या गरे ।

१९ बर्षिय संदिग्धलाई बालिकाको आमा र पत्रकारका एक सहकर्मीलाई पनि घाइते बनाएको आरोपमा बुधबार दिउँसो हिरासतमा लिइएको शेरिफको कार्यालयले बताएको छ ।

ओर्लान्डोको पश्चिममा रहेको छिमेकमा धेरै घण्टासम्म फैलिएको हिंसा अन्त्य भएको प्रहरीले पत्रकार सम्मेलनमा बताए ।

हाम्रो समुदायमा बन्दुक हिंसाको शिकार बन्नु हुँदैन ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले एक पत्रकार सम्मेलनमा विस्तृत विवरण दिए । संदिग्ध १९ बर्षिय किथ मेलभिन मोसेस भएको बताए ।

बुधबार बिहान करिब ११ बजे भएको पहिलो गोलाबारीले ओरेन्ज काउन्टीको हियालेह मार्गमा एउटा गाडीभित्र २० वर्षकी एक महिलाको मृत्यु भयो। ती महिला संदिग्धको चिनजान भएको मानिन्छ, प्रहरी जोन मीनाले भने ।

प्रहरीका अनुसार उक्त क्षेत्रमा गोलाबारी गरे पछि बन्दुकधारीले त्यस क्षेत्रमा फर्केर दुई जनालाई पुन गोली हानेका थिए । प्रारम्भमा २ जनाको मात्र मृत्यु भएको संचार माध्यमले बताएका थिए भने अहिले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

अघिल्लो समाचारको लागी यहा थिच्नु होला : https://www.enepalese.com/2023/02/381317.html

प्रतिक्रिया