अमेरिकामा हिमपात र जाडोको कारण १,७०० भन्दा बढी उडानहरू रद्द , ८ लाख ५० हजार घरमा बिजुली बिच्छेद

इनेप्लिज २०७९ फागुन ११ गते ११:५० मा प्रकाशित

अमेरिकामा २३ वटा राज्यमा आएको हिमपात र जाडोको कारण १,७०० भन्दा बढी उडानहरू रद्द भएका छन् । गत बुधबार फेब्रुअरी २२ का दिन १,७०० उडान रद्ध भएका थिए । यसैगरी फेब्रुअरी २३ बिहान सम्म कम्तिमा ७०० उडान हरु रद्ध भै सकेको सिएनएनले जनाएको छ ।

२३ वटा राज्यहरुमा करिव ६ करोड ५० लाख मानिसहरु हिमपात र चिसोको प्रभावमा परेका छन् । अहिले सम्म ८ लाख ५० हजार घरमा बिजुली बिच्छेद भएको छ । युनाइटेड, डेल्टा, अमेरिकन र अलास्का बिमान सेवाहरुका ४०० भन्दा बढी उडानहरू रद्द भएका थिए । डेल्टाले ३०० भन्दा बढी उडानहरू रद्द गरेको छ भने साउथ वेस्ट बिमान सेवाले २९० भन्दा बढी उडानहरू रद्द गरेको छ।

यसैबीच बुधबार ६ हजार ४ सयभन्दा बढी उडान ढिला भएको छ । बिहीबार बिहान पश्चिमबाट उत्तरी क्षेत्रहरु ग्रेट लेक्स क्षेत्र र न्यूयोर्क र न्यू इङ्गल्याण्डमा ६ करोड भन्दा बढी मानिसहरू जाडो मौसमको सतर्कता अन्तर्गत रहेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया