नेपाली मूलका प्रल्हाद के सी म्यासाचुस्टेस राज्यका गभर्नरका शरणार्थी तथा आप्रवासीहरूको प्रमुख सल्लाहकारमा नियुक्त

इनेप्लिज २०७९ फागुन ११ गते २:४१ मा प्रकाशित

अमेरिकाको बोस्टनमा बिगत ४० बर्ष भन्दा ज्यादा समय देखि बस्दै सामाजिक सेवामा लाग्नु नेपाली मूलका प्रल्हाद के सी म्यासाचुस्टेस राज्यका गभर्नरका शरणार्थी तथा आप्रवासीहरूको प्रमुख सल्लाहकारमा नियुक्त भएका छन् ।

२०२३ को लागि उनलाई गभर्नरले नियुक्त गरेका हुन् । उनको कार्य सुरु भै सकेको छ भने केसी एनआरएन युएसएसका पूर्व अध्यक्ष हुन् । एनआरएन अमेरिकाको हालको संरक्षक हुन् ।

साथै उनि बिभिन्न संघ/संस्थाका संस्थापक समेत रहेका छन् ।

साथै उनि एसियन अमेरिकन आयोगका सदस्य समेत रहेका केसीले नेपाली समुदायलाई म्यासाचुसेट्स राज्यमा चिनारी गराएका छन् । उनले अहिले सम्म ५ वटा गभर्नरसंग सल्लाहकारको हैसियतमामा सन् १९९५ देखि निरन्तर आबद्ध रहेका छन् ।

लुम्बिनीको युनिभर्सल पिस स्याङ्गचुअरि ( विश्वव्यापी शान्ति शरणस्थान )का बिश्व सद्भावनादुत तथा एएनएका बोर्ड अफ ट्रष्टीका निवर्तमान सदस्य पनि हुन् । उनलाई उक्त पदमा म्यासाचुस्टेस राज्यका गभर्नरले गत डिसेम्बर महिनाको अन्तिममा नियुक्त गरेका हुन् । उनि ३ बर्षको लागि नियुक्ति भएका हुन् ।

केसीलाई ईनेप्लिज परिवारको तर्फबाट हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछौ।

प्रतिक्रिया