अमेरिकाको २३ वटा राज्यहरुमा तीन दिने हिमपात,चिसोबाट ६ करोड ५० लाख मानिसहरु प्रभावित हुने, बुधबार बिहानै एक हजार उडान रद्ध 

इनेप्लिज २०७९ फागुन १० गते १७:५० मा प्रकाशित

अमेरिकाको २३ वटा राज्यहरुमा तीन दिने हिमपात,चिसोबाट ६ करोड ५० लाख मानिसहरु प्रभावित हुने भएका छन । सिएनएनका अनुसार बुधबार बिहानै एक हजार भन्दा ज्यादा उडानहरु रद्ध भएको जनाएको छ । 

ऐतिहासिक तीन दिनको हिमपातले अमेरिकाका बिभिन्न राज्यहरुमा  अत्यधिक चिसो ल्याउनेछ । यस्को प्रभाव बुधबार देखि नै सुरु भै सकेको छ ।

क्यालिफोर्नियादेखि मेन हुँदै मिनेसोटासम्म पश्चिमसम्मको २९ वटै राज्यहरूमा ६५ मिलियन भन्दा बढी मानिसहरू जाडो मौसमका सतर्कतामा रहेको सिएनएनले जनाएको छ ।उक्त राज्यहरुमा मानिसहरुलाई चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया