अमेरिकाको वासिङ्टन राज्यबाट ८ महिनादेखि बेपत्ता ८ वर्षीय बालक मिजौरीमा फेला 

इनेप्लिज २०७९ फागुन १० गते १५:०७ मा प्रकाशित

अमेरिकाको वासिङ्टन राज्यबाट ८ महिनादेखि बेपत्ता ८ वर्षीय बालक मिजौरीमा फेला परेका छन । 

कम्तीमा गत जुन मध्यदेखि वासिङ्टन राज्यबाट बेपत्ता भएका एक बालक मिजौरीमा सुरक्षित फेला परेको सियाटलस्थित एफबीआई कार्यालयले मंगलबार जनाएको छ।

अधिकारीहरूका अनुसार  ८ वर्षीय ब्रेडसन जोन जून १७ देखि हराएका थिए । उनि ओरेगन  राज्य रेखा पारी वाशिंगटनको भ्यानकुभरमा रहेको उनको घरमा कल्याणकारी जाँच गर्दा उनि त्यहा  फेला नपरेको अधिकारीहरुले बताए ।

शुक्रबार ब्रेडसन ज्यास्पर काउन्टी  मिजौरीको शेरिफका प्रतिनिधिहरूको सहयोगमा सकुशल अवस्थामा फेला परेको एफबीआईले बताएको छ ।

प्रतिक्रिया