‘निफ’को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरिएको

इनेप्लिज २०७९ फागुन १० गते ११:३५ मा प्रकाशित

२०७९ फागुन १०
प्रेस विज्ञप्ती

विषयः ‘निफ’को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरिएको सम्बन्धमा ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरेको समाचार सुनाउन पाउँदा हामीलाई खुसी लागेको छ । डेढ दशकदेखि नेपाली चलचित्रमा अनवरत लागि परेकी अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफ योग्य रहदै आएको छ ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अयोजना हुने छ । यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ । यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने हामीले विश्वास लिएका छौं ।

स्मरण रहोस्, ‘निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह हुनुहुन्छ भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्छ । धन्यबाद

के.पी. पाठक
अध्यक्ष, ‘निफ’

प्रतिक्रिया