लोग्नेले खाडीमा खुन पसिना गरेर कमाएको २२ लाख लिएर परपुरुषसँग श्रीमती भागेपछी, बच्चाको भयो बिजोक (भिडियो सहित)

इनेप्लिज २०७९ फागुन १० गते ०:२९ मा प्रकाशित

आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो ।

आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन ।

विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनले बनेपामा डेरा सारे । बनेपामा डेरा सारे देखी नै सपनाले अर्कै राजाकुमारको सपना देख्न थाले ।

आफ्नो श्रीमान आफ्नो सन्तान र भविष्यको लागि विदेशी भुमीमा पसिना बगाएको कुरा बिर्सेंर उनले नयाँ राजकुमारसंग प्रेमलीला शुरु गरे । बिदेशमा रहेको श्रीमानलाई फकाइ हाम्रै भविष्यको लागि पैसा जम्मा गरेर राखेका छौ भनेर अनेक गफ दिन्थे । श्रीमती प्रती लोप्साङको कुनै शंका थिएन ।

https://www.youtube.com/watch?v=sMzaIkTI-7U&t=3s

प्रतिक्रिया