फ्लोरिडामा आफ्नो कुकुरलाई लिएर हिंड्ने क्रममा एक ८५ वर्षीया वृद्धाको गोहीको आक्रमणबाट मृत्यु

इनेप्लिज २०७९ फागुन ९ गते १७:५३ मा प्रकाशित

फ्लोरिडामा आफ्नो कुकुरलाई लिएर हिंड्ने क्रममा सोमबार एक ८५ वर्षीया वृद्धाको गोहीको आक्रमणबाट मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

फ्लोरिडा माछा र वन्यजन्तु संरक्षण आयोगका अनुसार वेस्ट पाम बीच नामक शहरबाट करिब ६७ माईल उत्तरमा रहेको फोर्ट पियर्समा रहेको ५५ बर्ष भन्दा बढी बसोबास गर्ने समुदाय स्पेनिस लेक्स फेयरवेजमा घटना भएको हो।

समुदायका बासिन्दाहरूका अनुसार महिलाले कुकुरलाई आक्रमण गरे पछि गोहीसॅग लड्न खोजिरहेकी बताए ।

साक्षीहरूले ९११ मा प्रहरीलाई खवर गरेको आयोगका प्रवक्ताले बताए ।

प्रतिक्रिया