ओहायोको कारखानामा विष्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु ,अन्य १० जना भन्दा बढी घाइते

इनेप्लिज २०७९ फागुन ९ गते १२:५९ मा प्रकाशित

ओहायोको एक धातु कारखाना (मेटल प्लान्ट)मा विष्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनुको साथै अन्य १० भन्दा बढी घाइते भएका छन् ।

कुयाहोगा काउन्टी मेडिकल परीक्षकको कार्यालयको अभिलेख अनुसार घटनामा एक ४६ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

आपत्‌कालीन टोलीहरूलाई दिउँसो ३ बजेभन्दा केही समय अगाडि ओकवुड गाउँको क्लिभल्याण्ड उपनगरमा रहेको तामा मिश्रित कारखानामा गत सोमबार बोलाईएको विस्फोटले जमिन हल्लाएको थियो भने धेरै सवारी साधनहरूमा क्षति पुर्‍याएको छ ।

आगोलमाइलसम्म आकाशमा धुवाँ उडेको थियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया