प्रवासी नेपाली मञ्च अमेरिकाको सम्मान तथा तीन राज्य कमिटी गठन 

इनेप्लिज २०७९ फागुन ८ गते १७:३५ मा प्रकाशित

 अमेरिकाको एैतिहासिक नगरी वाल्टीमोरमा सम्पन्न प्रवासी नेपाली मञ्च अमेरिकाको उक्त कार्यक्रमको पहिलो चरणमा  भर्जिनिया, मेरील्याण्ड र पेन्सीलभेनियाका राज्य कमिटीहरु गठन गरिएको हो ।  

फेब्रुअरी १९ तारिकका दिन आयोजना गरिएको बृहद भेलाले यी कमीटीहरु गठन गरेको थियो । कार्यक्रम मेरिल्याण्डको चर्चित रोयल स्पाइस नेपाली एण्ड इन्डियन रेस्टुरेन्ट (चमेनागृह) मा कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रम पश्च्यात स्वादिष्ट दिवा भोजनको समेत व्यवस्था गरिएको थियो ।

प्रवासी मञ्चको केन्द्रीय उपसचिब  गोविन्द खनालले अध्यक्षता ,केन्द्रीय सदस्य दुर्गा विकले स्वागत गर्नु भएको बन्द सत्रमा तीन राज्यका प्रतिनिधिहरुले आ–आफ्ना कमिटी गठन गरेका थिए । जस अनुसार भर्जिनियामा विज्ञान खनालको अध्यक्षतामा उपाध्यक्ष कल्पना रिजाल,सचिब हेम राना, कोषाध्यक्ष सरस्वती शर्मा,सदस्यहरु टंक सुयाल,रामहरि फूयाल र भुपाल पोख्रेल हुनुभएको कमिटी गठन भएको छ । 

यसै गरी मेरिल्याण्ड राज्य कमिटीमा अध्यक्ष ज्ञानेन्द्र गहतराज, उपाध्यक्ष रेमन थापा, सचिब ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्ष नारायणप्रसाद सापकोटा र सदस्यहरुमा सुदीप खतिवडा,राममाया गहतराज, ज्ञानप्रसाद खनाल, राज बोहरा र किरण खड्का रहनु भएको छ । 

त्यस्तै पेन्सीलभेनिया राज्य कमिटीमा अध्यक्ष अभिषेक थापा, उपाध्यक्ष लोकदर्शन लामिछाने,सचिब प्रेमबहादुर खड्का,कोषाध्यक्ष पुण्य पाठक र सदस्यहरुमा मिना कुमारी पहारी,रामबहादुर जिसी, प्रमोद आचार्य रहेका छन नव निर्वाचित राज्यकमिटीका पदाधिकारी र सदस्यहरूलाई प्रवासी नेपाली मन्चका अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष सन्जय थापाले पद त गोपनीयताको सपथ ख्वाउनु भएको थियो । पेन्सीलभेनिया राज्य कमिटी निर्माणदेखि भर्जिनियालगायतमा प्रवासी नेपाली मञ्चको संगठन निर्माणमा केन्द्रिय सदस्य दिपक  सापकोटाको  महत्वपूर्ण योगदान रहेको सो अवसरमा उल्लेख गरिएको थियो । 

प्रवासी नेपाली मञ्चका केन्द्रिय सदस्य तथा प्रचार विभाग सदस्य विजय बगालेले सञ्चालन गर्नु भएको उक्त कार्र्यक्रममा नेकपा एमालेका सल्लाहकार कमिटीका सदस्य माधव गौतमले प्रमुख आतिथ्यता गर्नु भएको थियो । गौतमले सो अवसरमा नेकपा एमाले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जुन सुकै जटिल परिस्थितिमा पनि डटिरहने जिम्मेवार पार्टी भएकाले  गत मंशिर चार गतेको निर्वाचनमा जनताले जिम्मेवार स्थानमा पुर्याएको र अहिले सो जिम्मेवारी पूरा गर्ने क्रममा रहेको बताउनु भएको थियो । 

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा,सचिवालय सदस्य एवम अमेरिकाज़ माहदेश इञ्चार्ज प्रभु थापा,महिला विभाग प्रमुख कुन्ती थापाले नवगठित कमिटीलाई बधाइ ज्ञापन  गर्नु भएको थियो ।मन्तव्य राख्ने क्रममा अध्यक्ष सन्जय थापाले मन्चको सन्चालन,अन्तर्राष्ट्रीय,माहदेश,राष्ट्रीय र राज्य कमिटीहरूको आवश्यकता ,औचित्य  , दायित्व र कार्यक्रमहरूको वारेमा वताउनु भयो भने सचिवालय सदस्य ,अमेरिकाज़ माहदेश ईन्चार्ज तथा अमेरिकाको निवर्तमान अध्यक्ष प्रभुराम थापाले प्रवासी मञ्चको अगुवाइमा हामिले सम्पूर्ण देशका दुतावास मार्फत प्रधानमंत्री कार्यालय र निर्वाचन आयोगलाई ज्ञापन पत्र वुझाएको र महामहिम राष्ट्रपति,,नेकपा एमाले  अध्यक्ष एवं पूर्व प्रधानमंत्री के पि ओली संग भेटेरै हाम्रो मतदानको वारेमा दवाव दिएकै कारण अहिले सरकारको नीति तथा कार्यक्रममा नेपाली राहदानी भएका प्रवासी नेपालीलाई मतदानको अधिकार प्रत्यायोजन गर्ने बुँदा समाबेश गरिएको  छ भने गैर्हआवसिय नागरिकता होईन हामी नेपाली नागरिकताको निरन्तरतरता चाहन्छौ र यस्को लागि पहल भइरहेको वताउनु भयो  । 

महिला विभाग प्रमुख कुन्ति थापाले महिलाहरूको अधिकार र सहभागिता को वारेमा वोल्नु भएको थियो वक्ताहरूले केन्द्रिय नेताहरुले नेपालमा हुने घर झगडा एवम कुनै विवादको असर प्रवासमा पर्न नहुने र अहिले त्यस्तो कुनै विवाद वा समस्या नरहेकोमा पनि जोड दिएका थिए । यसरी नै मञ्चका नेताहरुले विश्वभर छरिएर रहेका नेपालीहरु बीच प्रवासी नेपाली मञ्चले आफ्नो संगठन विस्तार गरिसकेको पनि जानकारी गराएका थिए । उनीहरुले विश्वका कुनै पनि मुलुकमा पुगेका नेपालीले आफ्नो जन्मभूमिका लागि जस्तोसुकै सहयोग गर्न पर्दा मञ्चले सहजकर्ताको भूमिका निर्वाह गर्ने कुरालाई जोड दिएका थिए । 

मञ्चका नेताहरुले प्रवासमा परिआउने हरेक समस्याको समाधानमा मञ्च समुदायसँग रहने गरेको उल्लेख गरेका थिए । संगठन निर्माणमा विश्वभर क्रियाशील प्रवासी मञ्चले पाँच वटै महादेश र विभिन्न देशमा ४० भन्दाबढी राष्ट्रिय कमिटीहरु निर्माण र परिचालन गरिहेको समारोहलाई जानकारी गराएका थिए ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको दोश्रो सत्र ओएनएफ अमेरिकाको अध्यक्ष कूष्ण प्रसाद लामिछानेको अध्यक्षतामा  गोविन्द खनालले सन्चालन गर्नु भएको थियो उक्त कार्यक्रमको प्रमुख अतिथि मन्चका अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष सम्जय थापा ,विशेष अतिथि एमाले केन्द्रीय  सल्लाहाकार माधव गौतम ,प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज़ माहदेश ईन्चार्ज प्रभुराम थापा अतिधिहरू मन्चको अन्तर्राष्ट्रीय कमिटी महिला विभाग प्रमुख कुन्ति थापा उपप्रमुख जानाकी कार्की ,अर्लावारीको पूर्व उपमेयर तथा एमाले राष्ट्रीय परिषद तारा पराजुलि,माहदेश कमिटी सदस्य अशोक कार्की ,अन्तर्राष्ट्रीय उधोग विभाग सदस्य यूद्द व पन्त ,प्रविधि विभाग सदस्य गणेश पौड्यल,वाल्टिमोर नेपाली समुदाय वानाका अध्यक्ष सुवोध विलास पन्त ,एनआरएन मेरिल्यान्ड च्याप्टर अध्यक्ष तथा पर्यटन दुत राजु पराजुलि , पत्रकार एवम डेमोक्रेट पार्टीका केन्द्रीय,सदस्य सतिस चापागाई,एनाइसीसी बोर्ड अफ ट्रष्टी अध्यक्ष खिलेन्द्रमणि न्यौपाने,वाना वोर्ड अफ ट्रस्टीका अध्यक्ष कुलमणि आर्चाय,गोपाल वि क ,जनसम्पर्क समिति मेर्ल्यान्डका सभापति राजेन्द्र सेन्चुरी ,नासोका उपाध्यक्ष रवि लाल सुनुवार,म्यग्दी समाजका अध्यक्ष अर्जुन शाही ,तनहुं अमेरिका समाजका अध्यक्ष किरण पन्त ,गुरूग्ग समाजका  अध्यक्ष दिनेश गुरूग्ग ,टिएससिको वरिष्ठ उपाध्यक्ष शान्ता गौतम ,लम्जुग्ग अमेरिका सेवा समाजका उपाध्याक्ष राजेन्द्र थापा पत्रकारहरू ईन्जाका उपाध्यक्ष विष्णु शितल,ईनेप्लिजका विजय थापा ,सूर्योदय न्यूजका निलम थापा लगायतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष सन्जय थापा ,सचिवालय सदस्य तथा अमेरिकाज माहदेश ईन्चार्ज प्रभुराम थापा ,महिला विभाग प्रमुख कुन्ति थापा ,उपप्रमुख जानकी कार्की, मन्चका संस्थापक राजेन्द्र के सि ,माहदेश कमिटी सदस्य अशोक कार्की ,नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(इन्जा)का बरिष्ठ उपाध्यक्ष्य विष्णु शीतल ,डेयामोक्रेट पाटीको केन्द्रीय सदस्य सतिस चापागॉई ,पर्यटन दुत राजु पराजुलि,लगायत दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो । 

कार्यक्रम सफल बनाउन मञ्चका केन्द्रिय सदस्य पुष्पा घिमिरे, केदार पाहारी,दिपक सापकोटा,नारायण ढुगाना, रोयल स्पाइस परिवारका गोविन्द खनाल,यादब खनाल,भेषराज पाण्डेलगायतको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरिएको थियो । 

कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष कृण्ण लामिछानेले कार्यक्रम सफलताका लागि खटेर काम गर्नु हुने र उपस्थित भएर आफ्नो समय,ज्ञान र भौतिक सहयोग गर्नु हुने सबै दाता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया