बाइडेन अचानक युक्रेनको अघोषित भ्रमणमा

इनेप्लिज २०७९ फागुन ८ गते ११:३४ मा प्रकाशित

करिब एक वर्षअघि रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार बिहानै पहिलो पटक कीभको अघोषित भ्रमण गरेका छन्।

बाइडेन स्थानीय समय अनुसार बिहान ८ बजे कीभ आइपुगेका थिए । उनीसँग देश भित्र यात्रा गरिरहेका पत्रकारहरूका अनुसार र युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ब्रिंकले स्वागत गरेक थिए भनि सिएनएनले जनाएको छ ।

उनलाई युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले स्वागत गरेका थिए । “आउनुभएकोमा धन्यवाद,” जेलेन्स्कीले बाइडेनको हात मिलाउँदै भने।

बाइडेनले सोमबार युक्रेनमा आक्रमण गरेको एक वर्षपछि कीभबाट घोषणा गरे, “पुटिनको विजयको युद्ध असफल भएको छ।”

युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँगै उभिएर बाइडेनले भने, ‘पुटिनले युक्रेन कमजोर र पश्चिम विभाजित भएको सोचेका थिए । उनी गलत थिए,बाइडेनले पुटिनको बारेमा भने। “एक वर्ष पछि, प्रमाण यही कोठामा छ। हामी यहाँ सँगै उभिएका छौं। ”

साथै बाइडेनले शहरको सेन्ट माइकल गिर्जाघर पनि भ्रमण गरेका थिए । बाइडेनले सोमबार युक्रेनको आकस्मिक भ्रमणका क्रममा युक्रेनलाई थप आधा अर्ब डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको संयुक्त टिप्पणीमा बाइडेनले थप संपुष्टि (प्याकेज)मा तोपखाना ,गोलाबारुद, होविट्जरहरू सहित थप सैन्य उपकरणहरू समावेश हुने बताए ।

प्रतिक्रिया