नागरिकता निरन्तरता र सम्पत्ति अधिकारबारे दोस्रो बहसमा प्रदिप ज्ञवाली र गान्धी पंडित

इनेप्लिज २०७९ फागुन ६ गते २०:२५ मा प्रकाशित

अमेरिका — गैरआवासीय नेपालीहरुको सम्पत्ति अधिकार र नेपाली नागरिकता निरन्तरता विषयको बहस कार्यक्रमको दोस्रो श्रृंखला आइतबार (फेब्रुअरी १९) नेपाल समय अनुसार बेलुकी ९ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सो अनुरुप अमेरिका तथा क्यानडामा आइतबार बिहान १०:१५, युरोपमा ३:१५, अरबमा बेलुकि ७:१५ जापानमा रातीको १२:१५ र अष्ट्रेलियामा रातिको २:१५ बजे हुनेछ ।

गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रीय समितिसंगको समन्वयमा गैर आवासीय नेपाली संघ अमेरिका र गैरआवासीय नेपाली संघ क्यानडाले संयुक्त रुपमा शुरु गरेको कार्यक्रमको दोस्रो श्रृंखलामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली प्रमुख वक्ता र वरिष्ठ अधिवक्ता प्राध्यापक डा गान्धी पन्डित वक्ताको रुपमा सहभागी हुनेछन् ।

गैरआवासीय नेपाली नागरिकता, नेपाली नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा नेपालको वर्तमान सरकारमा सहभागी प्रमुख दल नेकपा एमालेको आधिकारिक धारणा समस्त गैरआवासीय नेपालीहरुका लागि उपयोगी, रोचक एवं महत्वपूर्ण हुनेछ ।

नेकपा एमालेभित्रको वैचारिक व्यक्तित्व एवं गैरआवासीय नेपालीहरुका मुद्दालाई नजिकबाट हेरिरहेका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीसंगको अन्तरक्रियाबाट नेपालको ठूलो राजनीतिक दलले गैरआवासीय नेपालीहरुको समस्या बुझ्ने र नेपालको राजनीतिक दलको धारणाबारे गैरआवासीय नेपालीहरुले बुझ्ने उपयुक्त अवसर मिल्ने कार्यक्रम आयोजक मध्येका गैरआवासीय नेपालीसंघ अमेरिकाका अध्यक्ष बुद्धीसागर सुबेदीले बताए । उनले अन्यदेशका एनसीसीसंग समेत समन्वय गरेर आगामी कार्यक्रमहरु तय गरिने जानकारी पनि दिए ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा सुसूचित गर्दै नेपालको राजनीतिक तथा प्राज्ञिक क्षेत्रलाई यसको आवश्यकता महसुस गराउने उद्देश्यले गत फेब्रुअरी १२ देखि उक्त कार्यक्रम शुरु गरिएको हो ।

पहिलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रि तथा सांसद गगन थापा एवं नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य, डा बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, महेश श्रेष्ठ महासचिव केशव पौडेल, सचिवहरु चिरन्जीवि घिमिरे, राजन त्रिपाठी, क्षेत्रिय संयोजक राम सी पोखरेल लगायत २ सय भन्दा बढी गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अमेरिकामै अध्ययन गरि फर्किएका वरिष्ठ अधिवक्ता प्रा डा गान्धी पन्डित नेपालको कानुन, अन्तरराष्ट्रिय कानुन एवं गैरआवासीय नेपालीहरुका मुद्दाका विषयमा जानकार कानुन व्यवसायी हुन । गैरआवासीय नेपाली संम्वद्ध विभिन्न विषयमा खुलेर छलफल गर्न र आफ्ना जिज्ञासा सहित अमेरीका, क्यानडा तथा विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजक मध्येका गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सवैमा अनुरोध गरेका छन् । उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ अमेरिका र क्यानडाको फेसबुक पेज, युट्युब च्यानल, क्यानडाबाट संचालन हुने माउन्ट एभरेष्ट टेलिभिजन, ग्लोबल टक शो, ग्लोबल नेप्लिज न्युज नेटवर्क लगायत अमेरिका, नेपाल तथा युरोपबाट संचालन भइरहेका २० भन्दा बढी मिडियाबाट कार्यक्रम लाइभ गरिने जानकारी समेत गौतमले दिए ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता एवं सम्पत्ति अधिकारका विषयमा सुसुचित गर्दै नेपालको राजनैतिक तथा प्राज्ञिक क्षेत्रलाई यसको आवश्य कताको महसुस गराउने उद्देश्य ले गत फेब्रुअरी १२ देखि उक्त कार्यक्रम शुरु गरिएको हो ।

पहिलो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रि तथा सांसद गगन थापा एवं नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थिति रहेको थियो भने गैरआवासीय नेपाली संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य, डा बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, महेश श्रेष्ठ महासचिव केशव पौडेल लगायत २ सय भन्दा बढी गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया