उपराष्ट्रपति ह्यारिसले रुसले मानवता विरुद्धको अपराध गरेको अमेरिकाले औपचारिक रूपमा निर्धारण गरेको घोषणा

इनेप्लिज २०७९ फागुन ६ गते १४:२७ मा प्रकाशित

अमेरिकी सरकारले युक्रेनको युद्धमा रुसले मानवता विरुद्धको अपराध गरेको आधिकारिक रूपमा घोषणा गरेको उपराष्ट्रपति कमला ह्यारिसले शनिबार जर्मनीमा घोषणा गरेकी छन् ।

“संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा रुसले मानवता विरुद्धको अपराध गरेको छ भनेर निर्धारण गरेको छ,” ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो भाषणको क्रममा उक्त घोषणा गरेको सिएनएनले जनाएको छ ।

“र म यी अपराधहरू गर्ने सबैलाई भन्छु, र ती अपराधहरूमा संलग्न हुने उनीहरूका उच्च अधिकारीहरूलाई जवाफदेही बनाईने छ ।” उनले भनिन ।

ह्यारिसले रुसको मानवता विरुद्धको कथित अपराधको प्रमाणको रूपमा प्रयोग गर्न सकिने केही कुराहरू खुलासा गरिन ।

“पहिलो, यो अप्रत्याशित युद्धको शुरुवाती दिनदेखि, हामीले रुसी सेनाहरूले भयानक अत्याचार र युद्ध अपराधमा संलग्न भएको देखेका छौं,” उपराष्ट्रपतिले भनिन ।

“रूसी सेनाले नागरिक विरुद्ध व्यापक र प्रणालीगत आक्रमणको पछि लागेका छन । हत्या, यातना, बलात्कार र निर्वासन जस्ता भयानक कार्यहरू लगायत मृत्युदण्ड-शैली हत्या, कुटपिट आदी इत्यादी “उनले थपिन ।

“रूसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौं मानिसहरूलाई जबरजस्ती निर्वासित गरेका छन्। उनीहरूले निर्ममतापूर्वक बालबालिकाहरूलाई आफ्नो परिवारबाट अलग गरेका छन्।” “बर्बर र अमानवीय,” ह्यारिसले भनिन ।

गत मार्चमा अमेरिकी सरकारले रुसले युद्ध अपराध गरेको घोषणा गर्दा त्यसरी नै कथित अपराधको अभियोग लागेकाहरूलाई जवाफदेही बनाइने वा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले कुनै पनि कारबाही भोग्न बाध्य हुनेछन् कि भनेर हेर्न बाँकी छ ,उनले भाषणको क्रममा आफ्नो स्पष्ट कुरा राखिन ।

उप राष्ट्रपति ह्यारिसले अमेरिकाले न्यायिक प्रक्रियालाई समर्थन गर्न जारी राख्नेछ बताइन ।

प्रतिक्रिया