अमेरिकी महिला सांसदलाई डिसीको एक आवासगृहको बिधुतिय भर्याङ्गमा आक्रमण ,तातो कफी खन्याए पछि संदिग्ध फरार 

इनेप्लिज २०७९ माघ २७ गते २:४३ मा प्रकाशित

अमेरिकाको मिनेसोटाकी महिला सांसदलाई डिसीको एक आवासगृहको बिधुतिय भर्याङ्ग(लिफ्ट -उत्थापन)मा आक्रमण गरिएको छ । तर सांसदले आक्रमणकारीलाई तातो कफी खन्याए पछि आक्रमणकारी फरार भएका थिए।

जन प्रतिनिधि एन्जी क्रेगलाई उनको डिसी स्थित आवासगृह (अपार्टमेन्ट) भवनको लिफ्ट(उत्थापन)मा आक्रमण गरेको आरोपमा फरार रहेका संदिग्धलाई पक्राउ गरिएको एबिसीन्यूजले समाचार लेखेको छ ।

बिहीबार बिहान आक्रमण भएको थियो । आज बिहान ७:१५ बजे सांसद क्रेगलाई उनको भवनको उत्थापन) आक्रमण गरिएको क्रेगका प्रमुख कर्मचारीले एक विज्ञप्तिमा बताए । प्रतिनिधि क्रेगले आक्रमणकारीबाट आफूलाई बचाईन र चोटपटक लाग्यो तर अन्यथा शारीरिक रूपमा ठीक भएको बताए ।

२०१९ देखि मिनेसोटाको दोस्रो कंग्रेसनल जिल्लाको प्रतिनिधित्व गर्ने क्रेगले ९११ मा प्रहरीलाई खबर गरेकी थिइन । आक्रमणकारी घटनास्थलबाट भागे तर उनले आक्रमण राजनीतिक प्रेरित भएको कुनै प्रमाण नरहेको बताए ।

डिसी महानगर प्रहरीले आक्रमणकारी संदिग्ध २६ बर्षीय केन्ड्रिक ह्यामलिनलाई पक्राउ गरेका छन । कंग्रेस महिलाले उक्त संदिग्धले उनको अनुहारको चिउँडोमा मुड्कीले हानेको र पछि उनको घाँटी न्याकेका थिए ।

प्रतिक्रिया