नेपाली राजदुताबास वाशिंगटन डिसीद्वारा टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक जानकारी

इनेप्लिज २०७९ माघ २७ गते १:०३ मा प्रकाशित

नेपाली राजदुताबास वाशिंगटन डिसीले आफ्नो आधिकारिक संजालस्थल(वेबसाइट)मार्फत एक बिज्ञप्ती जारी गर्दै टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक गरिएको जानकारी दिएको छ ।

उक्त बिज्ञप्ति अनुसार हाल सम्म कूल ९३६ सेवाग्राहीहरु मध्ये ४३८ जनाले पठाएको आ-आफ्नो धनादेश/लेखापाल धनादेश (मनि अर्डर /क्याशियर चेक ) रद्ध गरि नयाँ धनादेश(मनि अर्डर /क्याशियर चेक)हरु प्राप्त भएको छ ।

उक्त धनादेशहरु प्राप्त हुनासाथ प्रक्रिया सुरु गरिएकोले हाल सम्म २४० जना सेवाग्राहीहरुको नयाँ राहदानी राजदुताबासमा प्राप्त भै आवेदकको ठेगानामा समेत पठाउन सुरु गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://us.nepalembassy.gov.np/

प्रतिक्रिया