अमेरिकाको मिशिगनमा गाडीले ठक्कर दिई एक बिधार्थीको ज्यान गए पछि महिला थाइल्यान्ड फरार

इनेप्लिज २०७९ माघ २६ गते १२:२८ मा प्रकाशित

अमेरिकाको मिशिगन राज्यमा एक विद्यार्थीलाई गाडीले ठक्कर (हिट-एन्ड रन) दिई बिधार्थीको ज्यान गएकोमा महिला थाइल्यान्ड फरार भएको एफबीआईले बताएको छ । उनले एक तर्फी टिकट समेत किनेको उल्लेख गरेको छ ।

अधिकारीहरूका अनुसार मिशिगन राज्य महिला नयाँ वर्षको दिनमा एक उपनगरीय डेट्रोइट महा बिद्यालयका विद्यार्थीको मृत्यु भए पछि दुर्घटनाको नतिजाबाट बच्न थाइल्याण्डमा भागेकी छिन ।

५७ वर्षीया टुब्टिम “सु” होसनलाई सोमबार जनवरी ३ मा बैंककको लागि अचानक एकतर्फी टिकट खरिद गरेको संघीय अपराधको आरोप लगाइएको थियो।

२२ वर्षीय बेन्जामिन काबल जनवरी १ मा ओकल्याण्ड काउन्टीको सडकमा बिहान अघि हिड्ने क्रममा उनको गाडीले ठक्कर दिएकी थिइन । छुट्टी मनाउन घर आएका मिशिगन स्टेट युनिभर्सिटी(मिसिगन राज्य बिश्वबिद्यालय) का विद्यार्थीको घटनास्थलमै मृत्यु भएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

होसन, संयुक्त राज्य अमेरिकाको नागरिक हुन् तर उनि मूल रूपमा थाइल्याण्डकी हुन् ।

प्रतिक्रिया