एचडिएनपी ईन्टरनेशनलले हिमपातपछि टेक्सासमा न्यानो लुगा वितरण

इनेप्लिज २०७९ माघ २६ गते ३:०१ मा प्रकाशित

टेक्सास, अमेरिका । हिमपातपछि टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बढेको चिसोका कारण आकासे पूलमूनि कठ्याँग्रिएर बसेको ५९ बर्षिय रोवर्टको बुधबार न्यानो लुगा पाएपछि खुशीको सीमा थिएन । चिसोको समयमा न्यानो लुगा उपलब्ध गराउने एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यलाई रोवर्टले भने, गड व्लेस यु (भगवानले तपाईलाई आशिर्वाद दिनु हुन्छ) ।

बिगत दुईसाता देखि हिमपात पश्चात सेल्टर तथा आकासे पूल मूनि बसेका हामी होमलेसहरुको जीवन निकै कष्टकर बनेको थियो केही न्यानो लुगा पाएपछि निकै राहत भएको छ – रोबर्टले बताए । यस्तै टेक्सासको ड्यालस क्षेत्रका अर्का ५३ बर्षिय घरवारबिहीन महिला लोरीले हरेक बर्ष चिसो मौसमको समयमा आफुले एचडिएनपी ईन्टरनेशनल र प्रमुख देबीडेभिड आचार्यलाई सम्झिने गरेको बताईन ।

यसपाली पनि एचडिएनपी ईन्टरनेशनलले चिसोको समयमा आफुलाई न्यानो लुगा, सिल्पिङ व्याग, सिरानी दिएर गुन लगाएको लोरीले भनिन् । यस्तै फोर्टवर्थ डाउन टाउन क्षेत्रका घरवार बिहीन महिला क्याथी एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्यलाई घरवार बिहीनका अभिभावक भएको धारणा ब्यक्त गरिन ।

रोबर्ट, लोरी र क्याथी मात्रै होईन ड्यालस र फोर्टवर्थ क्षेत्रका सयौं घरवार बिहीनहरु एचडिएनपी ईन्टरनेशनलको कामको प्रशँसा गर्छन ।

एचडिएनपी ईन्टरनेशनलको तथ्याँक अनुसार गत क्रिस्मस, नयाँ बर्षको अवसरमा ५ सय घरवार विहीनहरुलाई ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, न्यानो लुगा र खाना बितरण गरिएको थियो । एक साता अघि परेको हिमपातको समयमा ड्यालस फोर्टवर्थ क्षेत्रका महिला, बृद्ध र अशक्त घरवार बिहीनहरुलाई पहिचान १ सय बढी ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, न्यानो लुगा र खाना बितरण गरिएको सो सँस्थाले जनाएको छ ।

अमेरिकामा मानिसहरु बिभिन्न कारणले घरवार बिहीन अवस्थामा पुग्छन । सरकारी तथ्याँक अनुसार सन २०२२ मा टेक्सासको ड्यालस फोर्ट वर्थ क्षेत्रमा मात्रै करिब ५ हजार होमलेशहरु रहेका छन । उनिहरुको जीवन निकै कष्टकर हुने गर्दछ । त्यसैले आफ्नो सँस्थाले घरवार बिहीनहरुलाई लक्षित गरि बिगत एक दशक अघिदेखि राहतमूलक कामहरु गदै आएको सँस्थाका प्रमुख देबीडेभिड आचार्यले बताउनु भयो ।

पाँचथरको बिकट बस्ती यासोकबाट बिगत ३५ बर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका आचार्यको अगुवाईमा हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल ईन्टरनेशनल(एचडिएनपी अन्तराष्ट्रि«य) नामक सामाजिक सँस्था स्थापना भएको हो ।

आचार्य भन्छन, एचडिएनपी अन्तराष्ट्रि«यसँग न सरकारी बजेट छ न गैरसरकारी बजेट । आफुहरुले हरेक बर्ष “गाला कार्यक्रम” को आयोजना गरेर आफुले गर्न लागेको कार्यक्रमको वारेमा स्थानीय सरोकारवालाहरु, शुभचिन्तकहरुलाई जानकारी गराई फण्ड रेजिङ्ग(अर्थ सँकलन) गर्ने गर्दछौं । सँस्थाले सँकलन भएको रकमबाट घरवार बिहीनहरुको लागि योजना बनाई खर्च गर्ने गर्दछ ।

एचडिएनपी अन्तराष्ट्रियले सँकलित बजेटबाट अमेरिकाको टेक्सास मात्र होईन नेपाल र अफ्रिकाको घानामा समेत साना तिना परियोजनाहरु सँचालन गर्दै आएको छ । एचडिएनपी अन्तराष्ट्रि«यले गरेको कामको टेक्सासका स्थानीय सरोकारवालाहरुले पनि मन पराएका छन । अमेरिकाको टेक्सास राज्यका गभर्नरले एचडिएनपी अन्तराष्ट्रि«यको काम उत्कृष्ट भन्दै सँस्थाका प्रमुख आचार्यलाई गत बर्ष पुरुस्कृत गरेको थियो ।

प्रतिक्रिया