डिज्नीले ७,००० जागिर कटौती गर्ने र शेयरधारकहरूलाई पुरस्कृत गर्ने योजना

इनेप्लिज २०७९ माघ २६ गते १:२३ मा प्रकाशित

डिज्नीले ७,००० जागिर कटौती गर्ने र शेयरधारकहरूलाई पुरस्कृत गर्ने योजना बनाएको छ ।

डिज्नीले आफ्नो विश्वव्यापी कार्यबलबाट ७,००० जागिरहरू कटौती गर्ने बताएको छ।

डिज्नीसँग अक्टोबर १ सम्म लगभग २,२०,००० कामदारहरू थिए। जसमध्ये लगभग १,६६,००० संयुक्त राज्यमा कार्यरत थिए। ७,००० जागिरहरूको कटौतीले यसको विश्वव्यापी कार्यबलको लगभग ३ % प्रतिनिधित्व गर्दछ भनि सिएनएनले जनाएको छ ।

“हामीले आज सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न यो आवश्यक छ, म यो निर्णय हल्का रूपमा लिन्न,” प्रमुख कार्यकारी अधिकारी (सीईओ) बब इगरले भने ।

“विश्वभरका हाम्रा कर्मचारीहरूको प्रतिभा र समर्पणको लागि मसँग धेरै सम्मान र प्रशंसा छ, र म यी परिवर्तनहरूको व्यक्तिगत प्रभावको बारेमा सचेत छु।”उनले भने ।

प्रतिक्रिया