बाइडेनको सम्बोधनको टिप्पणी गर्दै ट्रम्पले अध्यागमन,इन्धन बृद्धी र अपराध बढेको भन्दै दिए प्रतिक्रिया

इनेप्लिज २०७९ माघ २५ गते २३:२४ मा प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा २०२४ को लागि आधिकारिक रूपमा घोषित रिपब्लिकनका उम्मेद्वारले आफ्नो सामाजिक संजाल मन्चबाट राष्ट्रपति जो बाइडेनले दुवै सदनलाई सम्बोधन गरे पछि तुरुन्तै प्रतिक्रिया दिएका छन ।

रिपव्लिकन दलका नेताहरुको समेतले बाइडेनले सम्बोधन गर्ने क्रममा प्रशंसा गरे पछि उनीहरुलाई समेत प्रतिक्रिया दिएका छन ।

उनले सिनेटर तथा पूर्व राष्ट्रपतिका उम्मेदवार मिट रोमनी र केही रिपव्लिकनका नेताहरु समेतले गलत कारणले ताली बजाउँदै उफ्रिरहेको देखेको बताए ।

ट्रम्पले अध्यागमन, उच्च इन्धन मूल्य र अपराधमा बाइडेन प्रशासनको निन्दा गर्दै दुई मिनेटको अकिय दृश्य( भिडियो) पनि साझा(शेयर) गरे।

ट्रम्पले खिसी गर्दै बाइडेनले आज राती कडा परिश्रम गरे र तपाईहरुले उन्को प्रयासलाई श्रेय दिनुपर्छ भन्दै उक्त छोटो अङ्किय दृश्य(भिडियो) बोलेका छन ।

म उनिसँग उनका धेरैजसो नीतिहरूमा असहमत छु भने ।

प्रतिक्रिया