अमेरिकी प्रसिद्ध एनबिए बास्केटबल खेलाडी लेब्रोन जेम्सले एनबीएको इतिहासकै सर्वाधिक गोल गर्दै इतिहास कोर्न सफल

इनेप्लिज २०७९ माघ २५ गते ११:५५ मा प्रकाशित

अमेरिकी प्रसिद्ध एनबिए बास्केटबल खेलाडी लेब्रोन जेम्सले एनबीएको इतिहासकै सर्वाधिक गोल (अङ्क) हासिल गर्दै इतिहास कोर्न सफल भएका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस लेकर्स बास्केटबल टोलीबाट खेल्ने सुप्रसिद्ध खेलाडी जेम्सले गत फेब्रुअरी ७ ,२०२३ का दिन राती भएको खेलमा उक्त किर्तिमान तोडेका हुन् ।

लेब्रोन जेम्सले गत मंगलबार ओक्लाहोमा सिटी थन्डर विरुद्धको लस एन्जलस लेकर्सको खेलमा एनबिए सबै समयमा खेलाइएका खेलहरु मै सर्वाधिक गोल अर्थात् अंक प्राप्त गर्दै इतिहासको सुनौलो अक्षरमा आफ्नो नाम लेखाउँ सफल भएका छन् ।

उनले छ पटकको एनबिए -मेभिपि करीम अब्दुल-जब्बारले ३९ वर्षसम्म राखेको कीर्तिमान तोडेका छन् ।

जेम्सले गत मंगलबार भएको खेलमा आफ्नो ३६ औं अंक लिदै ३८,३८८ स्कोर (अंक) हासिल गर्दै उनि एनबिएका सवार्धिक ज्यादा अङ्क हासिल गर्ने खेलाडी भएका छन् । उनले किर्तिमान कायम गरे पछि भाबुक पनि भएका थिए । म केवल लेकर विश्वासीलाई धन्यवाद भन्न चाहन्छु जेम्सले खेल पछि भने।

उनले भीडलाई अब्दुल-जब्बारलाई उभिएर ताली बजाउन आग्रह गरे।

प्रतिक्रिया