जुमले १,३०० कर्मचारीहरूलाई हटाउदै

इनेप्लिज २०७९ माघ २४ गते २३:४० मा प्रकाशित

जुमले १,३०० कर्मचारीहरूलाई हटाउने भएको छ ।

जूमले मंगलबार १,३०० कर्मचारीहरू अर्थात् लगभग १५ % कर्मचारीहरूलाई हटाउने घोषणा गरेको छ । महामारीको समयमा अत्याधिक र सर्वाधिक सबैले प्रयोग गर्ने र अहिले पनि त्यतिकै प्रयोग गरि रहेता पनि कर्मचारीहरु कटौती गर्ने भएको छ ।

कर्मचारीहरूलाई पत्रचार गरेको एक ज्ञापनपत्रमा जुमका प्रमुख कार्यकारी अधिकारी (सीईओ )एरिक युआनले हटाउने कार्यक्रमले संगठनको प्रत्येक भागलाई असर गर्ने बताए ।

युआनले उनी र अन्य अधिकारीहरूले ठूलो तलब कटौती लिने समेत उल्लेख गरेका छन् । जुमको प्रमुख तथा संस्थापकले आफ्नो तलब आगामी आर्थिक वर्षको लागि ९८ % तलब घटाउने बताए ।

युआनले कार्यकारी नेतृत्व टोलीका सदस्यहरूले आगामी आर्थिक वर्षको लागि आफ्नो आधारभूत तलब २०% घटाउने र आर्थिक वर्ष २०२३ को लाभांश खारेज गर्ने बताए।

घोषणा पछि मंगलबार दिउँसो जुमको शेयर लगभग ९ % ले वृद्धि भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया