कानुन नागरिकता र राष्ट्रियता

बीरकाजी बस्नेत २०७९ माघ २३ गते २३:३१ मा प्रकाशित

हालसालै स्वतन्त्र पार्टिका अध्यक्ष रबी लामिछानेको नागरिकता सम्बन्धी सर्बोच्च अदालतको फैसलाले एक प्रकारको बहस सृजना गरिदिएको छ । अदालतले कानुनी पाटोबाट हेर्दा नागरिकता ऐन २०६३ दफा १०(१) लाई आधार बनाएको देखिन्छ । जबकी २०७२ को संबिधान बने पछी त्यसमा आधारित ऐन ल्याएर त्यसलाई कार्यनवयनमा ल्याइसक्नु पर्ने थियो । ब्यक्तिगत रुपमा यो फैसलाले रबि लामिछानेलाई प्रकृया पुर्याएर नागरिकता नबिकरण नगरेको ठहर गरेको छ । तर मनोबैज्ञानीक ,भावनात्मक र आस्थागत रुपमा बिभिन्न कारणले देश बाहिर रहे बसेका नेपालीहरुको देश सँग जोडीएको लगाव र अपनत्वको बिषय पनि यो फैसलाको नजिरले समेटेको छ । ऐतिहासिक रुपले देशको राजनीतिक सिमा भित्र जन्मिएर देश बाहिर भूमिका निर्बाह गरेका धार्मिक र ऐतिहांसिक पात्रहरु बुद्ध ,सीता ,भ्रिकुटी ,अरनिको लगायत देश भित्र जोखिमपूर्ण सहासिक सगरमाथाको सिखर टेक्ने सफलता हांसिल गरिसके पछी आफुलाई आजिबन भारतीय बनाएका तेन्जिङ शेर्पा देखी बिदेशी भुमिमा सफल रहेका उदित नारायण र मनिषा कोइराला सम्मलाई देशले सम्मानपुर्बक इज्जत दिएको र गौरब गरेको देखिन्छ । केही समय पहिले नेपाली मुलका भारतीय नागरिक प्रसान्त तमाङले ईण्डियन आइडल जित्नको लागि भोट् गर्ने देखी लिएर जिते पस्चात काठमाडौंमा खुशीका नाराजुलुस सम्म गरिएका थिए ।

पहिले पनि नेपालीहरु बिबिध कारणले नेपालीहरु देश बाहिर जाने प्रचलन थियो । जिबिको लागि बाहिर जानेहरुलाई मुगलान जाने भनिन्थ्यो । ईन्डियामा मुगलहरुको शासन रहेको समय भएकाले त्यता जानेहरुलाई मुगलाने भनिन्थ्यो । एक नेपाली देश छाडेर बाहिर जान किन बिबस बन्छ भन्ने कुरा लील बहादुर क्षत्रीले आफ्नो बसाइं उपन्यासमा उल्लेख गरेका छन । मल्लकाल तिर पनि नेपाली ब्यापारिहरु तिब्बत गएर ब्यापार ब्यवसाय गर्ने गर्दथे । पछी जिबिको र पारिबारिक सुखको लागि बिदेसिने कथालाई देवकोटाले मुनामदन मार्फत उजागर गरेका छन । हाल आएर यातायात र संचारको बिकास भए पस्चात मान्छे हरु सहज जिबनका लागि र बाध्यता बसपनि अन्तरास्ट्रिय रुपमै यात्रा गर्ने प्रचलन सुरु भयो । नेपाल अंग्रेज युद्ध पस्चात देखी नै ब्रिटिश साम्राज्यले नेपाली युबाहरुलाई लडाउन विश्वका आफुले लडेका हरेक युद्धका मोर्चाहरुमा परिचालन गर्‍यो । यसै क्रममा नेपालीहरु सपरिबार बर्मा ,मलेसिया ,हङ्ककङ ,ब्रुनाइ ,सिङापुर पुलिस हुन पुगे र कालन्तरमा उतैका बासिन्दा हुन पुगे । समयको कालखण्डमा केही मुलुक हरु र ठाउँ बाट नेपाली भासी वा मुलका भएकाले सम्बन्धित ठाउका नागरिक भए पनि लखेटिनु परेको दु:खद अब्स्था पनि छन । सुरुमा बर्मा अनी मेघालय , मणिपुर आसाम अलिक पछी भुटान बाट लखेटिनु परेको छ भने हाल आएर सिक्किममा रहेका हरुलाई त्यही नियतिमा धकेलिदिने संकेत देखा पर्न थालेका छन । पछील्लो कालखण्डमा खाडी मुलुकहरु ,इस्रायल ,कोरिया ,जापान रोजगारिका लागि र अमेरिका ,क्यानडा ,बेलायत ,अस्ट्रेलिया जस्ता देशहरुमा अध्ययन ,रोजगारी र आप्रबासनका रुपमा पुगेका छन । कतिले देबकोटाको मदनको नियती पनि भोगिरहेकै छन ।

देश भित्र रहेका हरु मध्ये केही आममनिसहरु र बौद्धिकहरुको मुलुक बाहिर रहेका नेपाली हरु प्रती रहेका केही भ्रमहरु ;बाहिर जाने हरु देशको माया मारेर गएका हुन ,उनिहरुलाई अब देशको केही माया छैन ,देशको माया मारेर उतैको ग्रिन कार्ड ,पी आर वा नागरिकता लिएर बसेका छन । यताको माया भए किन उताको नागरिक बनी रहन्थे ? देश भित्र भएको श्री सम्पत्ति बेचेर उतै लान्छन अनी कंगाल बनाउछन र देशको राजनिती ,समाज ब्यबस्था ,असुबिधा र बिक्रिती बिसंगती लाई धारे हात लगाएर सराप्छन भन्ने छ । यस्ता आरोपहरुको केही अंस सत्यको नजिक भएपनी , केही मात्रामा गलत बुझाई र केही भ्रमहरु ,केही मात्रमा ईर्स्या मिस्रित रहेको देखिन्छ ।

देश बाहिर बसेर देशमा भएका गतिबिधिहरुलाई नकरात्मक धारणा बनाउने हरु :
बिबिध कारणले र मौकाले देश बाट बाहिरिएका हरु बिकासित देशहरुमा आफ्नो कानुनी हैसियत कायम भएकाहरु मध्ये केही सानो हिस्सा जन्म देश अभावले ग्रस्त रहेको ,सबैतिर बेथिती मात्रै भएको ,धुलो धुंवा फोर मैलाको कारण देश फर्किदा छोराछोरी बिरामी पर्ने ,बिमास्थलबाट जमिन छाडेपछी देश उतै छाडेको ,अब आफुलाई जन्म देशको खासै आबस्यक्ता नभएको ,बोली चाली खानपिन ,भेसभुसा अहिले रहे बसेकै ठांउको अनुसरण गर्दा आफ्नो बिसेस दर्जा कायम भएको महसुस गर्ने ,आफुले सम्बन्धित देशको नागरिकता प्राप्त गर्न सफल भएकोमा गर्वका साथ सामाजिक सार्वजनिकरण गर्ने , निर्वाचनमा मतदान गरे पछी आफुले सो देशको राष्ट्रपती वा प्रधानमन्त्री चुनेको भन्ने प्रचार सामाजिक सन्जालहरु मार्फत गर्ने ,धर्म संस्कृतिमा केही लाभ प्राप्त हुने अवस्थामा त्यहिको भलपानीमा हेलिन नहिच्किचाउने प्रब्रिती नभएको होइन । नेता र राजनीतिलाई गाली गरेर नथाक्ने अनी नेता मन्त्रिले आफु बसेको देशको भ्रमण गरेमा पुलमालाले स्वागत गर्न अघिल्लो पण्क्तिमा पुग्ने ,निजी आबासमा भोजन र बासको ब्यबस्था गर्ने र सामुहिक तस्बिर खिचाएर सन्जालमा पोस्ट गरिहाल्ने प्रबृति पनि रहेकै छ ।

वास्तविकता यस्ता पनि हुने गर्दछन ;
देश बाहिर रहेका हरुको देश प्रती जोडीएर पनि देश र समाज अनी परिवार सँग सम्बन्धको निरन्तरताको जुइना कसिलो राखी राख्न र चुनौतीपूर्ण रहेको मौलिकता कायमै राख्न संघर्सरत हरुको ठुलो हिस्सा पनि छ । देश प्रती उनिहरुको प्रत्यक्ष र परोक्ष योगदान हुने गर्दछ । यो कुरा सर्बप्रथम उनिहरुको परिचय बाटै हुने गर्दछ जस्तोकी देश भित्र ब्यक्तिलाई राम ,श्याम ,हरी आदी नामले चिनिन्छ भने बाहिरी देशमा नेपाली ,बंगाली ,इथियोपियन जस्ता शब्दमा उनिहरुको परिचय कायम रहेको हुन्छ । यसरी परिचय बाटै उनिहरुले देशको नाम रोशन गरिरहेका हुन्छन । काम र स्तरोनतरिमा पनि अन्य देशका हरु सँग देशकै नाम बाट प्रतिस्पर्धा गरिरहेका हुन्छन । देशको परिचय र चिनारीको फैलावटमा उनिहरुको ठुलो भूमिका हुने गर्दछ । कुनै न कुनै रुपले उनिहरुको देशलाई आर्थिक योगदान त रहेकै हुन्छ । बिदेसमा सिकेका ज्ञान ,शिप ,अनुभव र प्रबिधिहरु आफ्नो देशमा सदुपयोग गर्ने उत्कट चाहनाका साथ स्वदेश फिर्ती हुने गरेका पनि छन । बाढी पहिरो ,भुकम्प जस्ता दैबी र प्राकृतिक प्रकोप परेका बेलामा गच्छे अनुसारको मनकारी सहयोग पनि गर्ने गरेका छन । सिन्धुप्लान्चोककी उजेली तामाङको पढ्ने चाहना पुरा गर्न होस् भुकम्प पछीको पुनानीर्माणमा धुर्मुस सुन्तली फाउन्देशनमा अनुदान सहयोग दिने होस् वा महाबिर पुनले सन्चालन गरेको बिज्ञान प्रयोगसालामा गरिएका सहयोग देखी म्याग्दी जिल्लामा सन्चालन गरिएका एम्बुलेन्स सेवा सहयोग जस्ता अनगिन्ती कल्याणकारी कामका लागि देश बाहिर रहेका गैर आबासिय नेपालीले योगदान गरेका छन । ब्याबसायी बनिसकेका उपेन्द्र महतो ,जिबा लामिछाने ,शेस घले जस्ता पात्रहरुले अस्पातल ,शिक्षा र पुनर्निमाणका साथै लगानी भित्र्याउने काम पनि गरेका छन । केही पुस्ता पछी जती आर्थिक सबलता समुदायमा बढ्दै जानेछ देश भित्र लगानीमा बढोतरी हुँदै जाने पनि छ । गीत संगित ,चाडपर्ब जस्ता कुरालाई पराइ भुमिमा जिबन्त राखिराख्न ,कलाकार ब्यबसायिको लगानी डुब्न नपाओस भनी संलग्नता जनाएर आर्थिक मद्धत गर्न पनि योगदान गरेका हुन्छन ।

अन्तरराष्ट्रिय डायसपोरा मार्फत छिमेकिले लगाएको नाकाबन्दिको समयमा होस् वा कालापानी लिपुलेक सिमा अतिक्रमणमा होस् लंडन ,वाशिङ्टन र यु यन कार्यालय अगाडि नाराजुलुस र धर्ना जस्ता कार्यक्रम मार्फत विश्वसमुदायको ध्यानाकर्षण गराउने गरेका छन ।

के देशको माया नगरेर वा माया नभएर नै बिदेशी नागरिकता लिएका हुन्छन त ?
पहिलो कुरा आफ्नो देश फर्केर घरजम गरे पछी जिबन संगिनी आफुसँग लैजान सम्बन्धित देशको कानुन अनुसार नागरिकता हुनु अनिबार्य जस्तै भएकाले पनि अमिलो मन गरेरै बिदेशी नागरिकता लिनु पर्ने बाध्यता हुन्छ । आफ्ना बाबु आमा झिकाउन पर्दा कागजातका लागि होस् वा सम्बन्धित सरकारले नागरिकलाई प्रदान गर्ने सेवासुबिधाको लाभ हरु जस्तोकी निसुल्क शिक्षा ,स्वास्थ्य बिमा ,केन्द्र सरकारका निकायमा रोजगारिका लागि योग्य हुन ,ब्यापार ब्यवसाय गर्नुपरेमा त्यसको लागि जरुरी परेमा ,स्थानीय ,राज्य वा केन्द्रिय सदनमा चुनिन सके आधाकारीक ठांउ बाट पनि देशका आवाज र सम्बन्धमा सकरात्मक हस्तछेप गर्न , कडा कानुनी फन्दामा परेका खण्डमा नागरिकको हैसियतमा केही सहज छुट्कारा वा सुबिधा जस्ता कुरा उपयोग गर्न पनि नागरिक बन्नु पर्ने परिस्थिती बनेको हुन्छ न कि जन्मदेशको सम्बन्ध चुडाउन लाई त्यसो गरिएको होस् ।

उनिहरुलाई राष्ट्रको नजिक भावनात्मक सम्बन्ध कायम राखी राख्न र उनिहरुको प्रज्ञालाई अधिक्तम राष्ट्रको हितमा सदुपयोग गर्न कस्तो निती कानुनी र संबैधानिक ब्यबस्था गर्ने भन्ने राज्यको कुरा हुने भयो । राजा महेन्द्रले अमेरिकामा रहेका डा भेस बहादुर थापालाई झिकाएका थिए उनैको सोचको उपजले कुलेखानी जलबिध्युत आयोजना निर्माण भएर काठमाडौंले उज्यालो पाएको हो पेरिसमा रहेका लैनसिङ् बाङदेल लाई झिकाएर कलाको प्रबर्धन गरेका ,अंबर गुरुङ्हरुलाई झिकाएर गीत संगितको बिकास गराएका र स्कट्ल्याण्डमा रहेका डा हर्क गुरुङको ब्रेन प्रयोग गरी राज्यको प्रसासानीक बिभाजन गरी १४ अञ्चल ७५ जिल्ला हुँदै गाउ देखी वडा सम्म कायम गराएका थिए । यस् बाट केही शिक्षा लिने कि नलिने राज्यको कुरा भयो । हाल सम्म विश्वामा ५१ वटा जती देशले दुई देशको नागरिक हुन सक्ने प्राबधान लागु गरी सकेका छन । कस्ता कस्ता अधिकार दिने वा नदिने भन्ने कुरामा सार्बभौम राष्ट्रहरु स्वतन्त्र छन । दुबै देशको नागरिक भएको ब्यक्ती ति दुई देशका बिचमा युध्ह भएमा कुन देश पट्टी बफादारी हुने भन्ने पेचिलो प्रश्न पनि रहन्छ । नेपालले पनि २०७२ को संबिधानमा गैर आबासिय नेपाली नागरिकताको प्राबधान राखेको छ तर हाल सम्म ऐन नबनेकाले केही समस्या देखिएका पनि छन । यसै प्रसङमा रबी लामिछानेको इस्यु अगाडि आएको छ । एकथरी उनको उदयले आफ्ना हित र स्वार्थमा धक्का पुगेको अनुभबमा उनका प्रकृयागत त्रुटिलाई लिएर संगठित र संस्थागत रुपमा उनलाई घोर अपराधी करार गर्न लागि परेका अनुभव हुन्छ भने कोही ब्यक्तिगत रुपमा सामाजिक सन्जाल प्रयोग गरी उनको तेजोबध गरिरहेका छन भने उनको इस्स्यु सँग आफ्ना समस्या पनि गांसिएका समुह हरु उनको देबत्वकरण गर्न पनि लागेको देखिएको छ ।

बीरकाजी बस्नेत 

प्रतिक्रिया