गायक तथा सारंगी वादक हेमन्तको पिरतीमा बिजय, चाहाना, निशा

इनेप्लिज २०७९ माघ २१ गते १८:२७ मा प्रकाशित

काठमाडौँ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडिओमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगरको नृत्य रहेको छ ।

भिडिओमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिक कहानीमार्फत प्रस्तुत गरिएको छ । निर्देशक मौसम हिमालीले भिडिओलाई कलात्मक शैलीमा पस्किएका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडिओको छायांकन पवन सुसलिङले गरेका हुन् ।

प्रतिक्रिया