गीतकार प्रमिला बस्नेतको नयाँ गीत “फूल देखेँ” सार्बजनिक

इनेप्लिज २०७९ माघ २१ गते २:१२ मा प्रकाशित

गीतकार प्रमिला बस्नेतको नयाँ गीत “फूल देखेँ” सार्बजनिक: गायक किरण भुजेल र गायिका समीक्षा अधिकारीको स्वर

नयाँ पुस्ताका चर्चित गायक किरण भुजेल र उदयीमान गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतमा गीतकार प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो देवेन्द्र कुँवरले निर्देशन गर्नुभएको हो ।

म्युजिक भिडियोमा चर्चित मोडल तथा नृत्यङ्गना करिष्मा ढकाल र गायक किरण भुजेलको सशक्त अभिनय रहेको छ। प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गर्नुभएको हो।

केही अघि गीतकार प्रमिला बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो र वहाँको त्यो गीतले राम्रै चर्चा पाएको थियो।

  • मदन बस्नेतबाट

प्रतिक्रिया