पोखरामा शिवजीको मन्दीरमा चोरी भएपछि , सिसिटिभी हेर्दा यस्तो देखियो -भिडियो सहित

इनेप्लिज २०७९ माघ १९ गते २३:२४ मा प्रकाशित

पोखरा महानगरपालीका वडा १७ सितापाईलामा रहेको शिवजीको मन्दीरमा चोरी भएको छ ।

अन्दाजी दिउसोको ४ बजेको समयमा मन्दिर परिसर भित्र दुई र मन्दिरमा दर्शन गरे जस्तै गरेर मन्दिर भित्र रहेका शंख , घन्टी , कलश लगाएतका पुजाको सामानहरु चोरेर भागेको यहाका पुजारी कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार उनी घर भित्र रहेका थिए भने उनकि श्रीमती घर बाहिर बसेर हेर्दै थिइन् । सुरुमा भक्तजनहरु आउनु भएको होला भनेर खासै वास्ता नभएको तर पछि शंका लागेर सिसिटिभी लाईभ हेर्दा उनीहरुको गतिबिधिमा शंका लागेको बताएका छन् । मन्दिरमा आतिदै भित्र पुगेर हेर्दा सामानहरु चोरेर भागेका रहेछन ।

चोरहरुले मन्दिरको सामान चोरेर भागेको थाहा पाउने बित्तिकै समाउने प्रयास गर्दा गर्दै पनि उनीहरु बाटो पर्रिवर्तन गरेर भागेपछि समाउन खोज्दा आफु असफल रहेको पुजारीले बताएका छन् ।

यतिबेला पोखरा ६ बैदाममा रहेको वडा प्रहरी कार्यालय बैदाम्ले उनीहरुको खोजि कार्य अगाडी बढाएको छ भने सिसितिभिको आधारमा छिटै नै पक्राउ करी कानुनी प्रक्रिया अगाडी बढाईने प्रहरी श्रोतले बताएका छन् ।

प्रतिक्रिया