‘बिबाह पुतलीको खेल होइन’ 

रजनी (कन्चन) मल्ल २०७९ माघ १७ गते १:११ मा प्रकाशित

मानिसको जिबनमा बिबाह भन्ने कुराले महत्वपूर्ण स्थान लिएको हुन्छ। साधारणतया बिबाह भन्नाले एक परिवाको छोराको अर्को परिवारको छोरीसँग आफ्नै सामाजिक रितिरिवाज अनुसार ‘पति पत्नी’ को बन्धनमा बाधिने चलन भन्ने बुझिन्छ अर्थात् आफ्नो रितिरिवाज अनुसार शिष्टता र मर्यादाको सिमाभित्र रहेर कानुनी रुपमा उमेर पुगेपछि गरिने दुबैको इच्छा अनुसार केटा केटी बीचको शारीरिक र मानसिक रुपमा समर्पित जिबन हो।

साधारणतया छोरी ठुली हुदै जादा आमा बुवालाई छोरीको बिहेको चिन्ताले सताउन थाल्दछ र बिना सुझबुझ चाहे त्यो असल घरबार नमिले पनि हतारिएर बिहे गरि पराई घरमा बिदा दिई आफु जिम्मेदारीबाट मुक्त भएको महशुस गर्दछन। तर हतार हतारमा बिहे गरिदिदा छोरीको जिबन भताभुंग हुन् बेर लाग्दैन। तसर्थ बैबाहिक सम्बन्ध जोड्नु अघि दुवै पक्षले आफुले जन्माई बढाई हुर्काएको छोरा वा छोरीको बिहे गर्नेतर्फ ध्यान दिदा सर्बप्रथम त् दुबैपक्षका छर छिमेकी वा नातेदारहरु संग दुबैको चरित्र कस्तो छ दुर्व्यसन छ कि छैन केटाको परिवार कस्तो छ त्यो सम्बन्धी जानकारी लिनुपर्दछ।

कतिपय छोरीहरुले आफ्नो जन्मघरमा आफ्नो आमा बाबाको प्यारी छोरीको रुपमा रहेर पनि आफ्नो पतिको घरमा अनेकौ मानसिक र शारीरिक पीडाहरु भोग्नुपरेका छन्। तसर्थ छोरीको बिहे गरिदिदा हतारेर आफ्नो जिम्मेवारी पुरा भएको सम्झेर छोरीलाई जहाँ पायो त्यहाँ राम्रोसंग कुरा नभुझी बिहे गरिदिनु हुदैन। किनकि नत्र उनले जिन्दगीभर पछुताउनु पर्दछ। बिबाह भनेको पुतलीको खेल होइन जो चाहेमा खेलिने र पुगेपछि तोडिने। यो त् केटाकेटी दुबैको जिन्दगीको कुरा हो। या जिबन भर साथ् रहनुपर्ने कुरा हो। बिबाह भौतिक शरीरको मिलन मात्रै नभएर दुई आत्माको मिलन पनि हो अन्यथा यसको अभाबमा यसले ‘सम्बन्ध बिच्छेद’ को रुप पनि लिन पुग्छ। हाम्रो समाजमा सम्बन्ध बिच्छेद भन्ने कुरालाई त्यति राम्रो मानिंदैन। तसर्थ बिहे गर्नको लागि आमा बुबाको मात्र नभई छोरा छोरीको पनि राजीखुशी हुनु आवश्यक छ। तसर्थ बिहे अघि केटाकेटी दुबैलाई आवश्यकता अनुसार एक निश्चित सीमा भित्र रहेर एकअर्काको बिचार भुझने मौका पनि दिनुपर्दछ। छोरा छोरीको इच्छा बिरुद्ध आमाबाबुले आफना छोरा छोरीको बिहे कहिल्यै गरिदिनु हुदैन।

प्रेम बिबाहका सन्दर्भमा पनि प्रेमी प्रेमिका दुबैले एकले अर्कालाई मनदेखि मनपराएको हुनुपर्दछ। दुबैले एकले अर्काको भावनालाई बुझेको वा कदर गरेको हुनुपर्दछ। त्यसमा कुनै स्वार्थ लुकेको हुनुहुदैन। दुबैले दुवै पक्षको बारेमा राम्रो जानकारी लिएको हुनुपर्दछ जसले गर्दा हतारमा गरेको मायाले फुर्सदमा पछुताउन नपरोस्।

बैबाहिक सम्बन्ध गास्दा आफ्ना आमाबाबाले आफ्ना सन्तानको अक्सर गरेर नराम्रा कुराहरु लुकाउन खोज्दछ तर त्यसो गर्नाले पछि नराम्रो हुन् बेर लाग्दैन किनकि पछि सबै ति कुराहरु घर परिवारले थाहा पाइहाल्दछ। बिबाह गर्न ढिलो भएमा हाम्रो समाजले के भन्ला भनेर आशंकापूर्ण बिचार गर्नुहुदैन। हतारेर केहि सोच बिचार नै नगरी बिबाह गरिदिदा बिभिन्न अड्चन हरु आई समाजबाट उपेक्षित मात्रै नभई मानसिक रुपमा पनि पिडित बन्न पुग्दछ। आमा बाबुले आफ्ना छोराको बिहे गरिदिनु भन्दा पहिले बिहे गरिदिन सकेसम्म शिक्षित, स्वाभिमानी र आत्मनिर्भर हुने अवसर प्रदान गर्नुपर्दछ जसले गर्दा आफ्ना आवश्यकताहरु पुरा गर्न आमा बुबा माथि भर पर्नु नपरोस्। त्यस्तै आमा बुबाले छोरीको बिहे गरिदिदा उसलाई सक्दो उचित तथा ब्याबहारिक शिक्षा दिनुको साथै दाइजो लाई भन्दा शिक्षित, स्वाभिमानी अनि आत्मनिर्भर बनाउने तर्फ ध्यानदिनुपर्दछ जसले गर्दा बिहे गरि पराई घरमा गैसकेर अनेकौ मानसिक र शारीरिक पीडाको शिकार बन्न बाध्य नहोस्। त्यसको साटो नया घरमा नया दुलहीको रुपमा भित्रिएकी आफ्नी शिक्षित छोरीले बातावरण लाई सन्तुलित बनाउनुको साथै आफ्नो पतिलाई जिबन साथीको रुपमा समझदार र आदर्श पत्नी बनि साथ दिन सक्षम हुन्छे यसका साथै भविष्यमा पनि एक शिक्षित आमा बनि आफ्नो सन्तानलाई अनुशासनको सीमाभित्र राखेर शिक्षित बनाई भविष्यका कर्णधार नागरिक बनाउन सक्षम हुन्छे। त्यस्तै प्रत्यक पुरुष ले पनि आफ्नी पत्निलाई दासीको रुपमा नलिएर सहयात्रीको रुपमा लिनुपर्दछ। सासुससुराले पनि बुहारीलाई छोरीलाई सरह माया दिन सक्नुपर्दछ जसले आफ्नो परिवार छोडेर नया परिवारमा आफुलाई समर्पित गरेको हुन्छ। नया परिवारका सदस्यहरुले तिनलाई साथ सपोर्ट दिनुपर्छ। त्यस्तै बुहारीले पनि सासुससुरालाई मान मर्यादा, आदर गरि आफ्नै आमा बाबा सरह मान्नु पर्दछ। यसो गर्नाले कुनै पनि घर परिवार सुख शान्तिको शितल छहारी मुनि रहन पाउछ।

बैबाहिक जिबनको सफलतामा पति पत्नी दुबैको एक अर्का प्रतिको बिश्वासको भाबनाले महत्वपुर्ण ठाउँ लिएको हुन्छ। उनीहरु बीच कुनै कुरा लुक्नुहुदैन। एक अर्का माथि शंका उपशंका भएमा त्यसले हसिलो खुशीले भरिपूर्ण दाम्पत्य जीवनलाई तहस नहस पारिदिन्छ। तसर्थ शंकाले बैबाहिक जिबन दह्रो हुन बाट रोक्दछ र एउतै छतमुनि रहेर पनि मानसिक रुपमा टाढिदै जाने सम्भावना हुन्छ। तसर्थ पति पत्नीले एक अर्काको बिचारको, भाबनाको कदर गर्नुको साथै एक अर्का प्रति बिश्वासको भाबना पनि राख्नुपर्दछ। यदि बिबाहपूर्ब या अतितमा कुनै गल्ति गरेकै भए पनि त्यो अतितलाई कोट्याई रहनु बुद्धिमानी हुदैन जसले गर्दा बैबाहिक जिबन असफल हुन् बाट बच्दछ।

यसर्थ दुबै परिवारको सफलता को लागि आमाबाबुले आफ्ना सन्तानको बिहे गरिदिदा आफ्नो जिम्मेवारी पुरा भएको सम्झेर बिना सोधपुछ हतारेर कहिल्यै पनि बिहे गरिदिनु हुदैन जसको परिणाम स्वरुप उनीहरु जिन्दगीभर पछुताउन नपरोस्। छोरीको बिहे गरिदिदा सकेसम्म माया, सहयोग, र संरक्षणयुक्त परिवारमा गरिदिनु पर्दछ। साथै बिहे गर्ने केटा केटी दुबै शिक्षित र आत्मनिर्भर हुनु पनि आवश्यक छ किन कि ‘बिबाह पुतलीको खेल’ होइन चाहेमा खेलिने नचाहेमा तोडिने ।

प्रतिक्रिया