भर्जिनियामा तमु ल्होशारको टिकट बिक्रीबाट बाईस हजार ? डलर संकलन :आयोजक तमु धीं भर्जिनियाका अध्यक्ष नन्द गुरुङले दिए सबैलाई धन्यबाद

इनेप्लिज २०७९ माघ १६ गते १०:३८ मा प्रकाशित

३० जनवरी २०२३
वाशिंगटन डिसी

यही जनवरी ८ तारिख आईतबारका दिन आयोजित ” तमु ल्होशार ” मा टिकट बिक्रीबाट बाईस हजार ? डलर संकलन गरेर अमेरिकाको राजधानी वाशिंगटन डिसी यरियाका संघ संस्थाहरुमा पहिलो रेकर्ड भएकोले – आयोजक संस्था तमु धीं भर्जिनियाबाट सहयोगीहरुलाई निम्त्याएर ” धन्यबाद रात्रिभोज ( थ्याँक्यु डिनर ) ” आयोजना गरियो ।

हिजो जनवरी २९ तारिख आईतबार साँझ भर्जिनियाको आशबर्न शहर स्थित डेल्ही ६ नामको रेस्टुरेन्ट नै रिजर्ब गरेर एक शभा गर्दै – ल्होशारका कलाकारहरु र सहयोगीहरुलाई धन्यबाद दिंदै तमु धीं भर्जिनियाका अध्यक्ष नन्द कुमार गुरुङले प्रशंसापत्रले सम्मान गरे। संस्थाका उपाध्यक्ष ल्होशार-संयोजक तिलक गुरुङले खादा पहिर्याई दिंदै धन्यबाद दिएका थिए ।

कलाकार र सहयोगीहरुको साथै – मिडिया मार्फत सहयोग गरेका ईनेप्लीज र डिसीनेपाललाई पनी सम्मान गरिएको थियो ।

ल्होशारका सांस्कृतिक-संयोजक गायक बिन्ती कुमार गुरुङबाट संचालित उक्त धन्यबाद-शभा पछी सबैलाई स्वादिस्ट रात्री-भोज खुवाईएको थियो ।

अमेरिकाको राजधानी यरियाका संघ, संस्थाहरुबाट हुने कार्यक्रमहरु मध्ये सबैभन्दा बढी रकम २२,००० डलर ( नेपालीमा रू. २८ लाख ) को टिकट बिक्री गरेको रेकर्ड राख्दै २०२३ को ” तमु ल्होशार ” आयोजकहरुले सोंचेभन्दा पनी बढ्ता भब्यताकासाथ सम्पन्न भएको खुशीयालीमा मध्यरात सम्म नाचगान गरियो।

अमेरिकाको पांचतारे होटल – म्याक् लिन टाईसनकर्नर शहरको हिल्टन होटलमा – यही जनवरी ८ तारिखका दिन गुरुङ समुदायको संस्था तमु धीं भर्जिनियाको आयोजनामा भएको भब्य ? ल्होशार कार्यक्रममा गुरुङ समुदायको ठेट लोक संस्कृती झल्काईएको थियो ।शहरमै जन्मेर शहरमै हुर्केका गुरुङ युबा, युवतीहरु र सानैमा अमेरिका ल्याईएका तथा अमेरिकामै जन्मेका गुरुङ बालबालिकाहरुलाई आफ्नो नेपालको लोक संस्कृती कस्तो हुँदो रैछ ?

जानाकारी गराउने खालको बहुतै आकर्षक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपाल सरकारले संरक्षण नगरेको कारणले नेपालमै लोप हुन लागिसकेको गुरुङ संस्कृती : छ्याडु नृत्य , कौडा नृत्य , सोरठी नृत्य जस्ता गुरुङ संस्कृती झल्कने आईटमहरु सहितको आकर्षक सांस्कृतिक कार्यक्रम समाबेश ” तमु ल्होशार ” ले स्याङ्जाको गुरुङ गाउँ दरम सिरुबारी , कास्कीको सिक्लेस घान्द्रुक र लम्जुङ्गको घले गाउँ कै झल्को दिएको थियो ।

अमेरिकाको पांचतारे होटल – भर्जिनियाको हिल्टन होटल . एक हजार जना सिट क्षमताको हिल्टनको ठूलो हल खचाखच भरिएको थियो।

प्रतिक्रिया