लघुकथा-चियापान

अरुणबहादुर खत्री “नदी” २०७९ माघ १४ गते २३:१२ मा प्रकाशित

बिहान उठेर मर्निङ वाक गर्दै म्हेपी मन्दिरमा पुगे । म्हेपी मन्दिरमा भगवानको दर्शन गरी चियापान गरौं भनेर तुल झुण्ड्याएको देख्न पुगे । भगवानको दर्शन गरेर सकेपछि चियापान कहाँ गर्ने रहेछ भनेर त्यहाँको पूजारीसँग सोधे । पूजारीले चिया ऊ त्यहाँ राखेको छ” भन्यो । चियाको थर्मस खोलेर चिया पिउन खोज्दा थर्मसभित्र चिया नै सकिएको रहेछ ।

पूजारीसँग मैले “चिया त सकिएको रहेछ नि” भने । “बिहानैदेखि यहाँ भगवानको दर्शन गर्न आउनेहरुको भिड लाग्छ त्यसैले चिया सकिएको होला” पूजारीले भन्यो । “अब घर गएर चिया पिउनुुपर्ला” मैले भने । “घरमा नपिएर यहाँ तलको होटलमा गएर चिया पिउनु भए पनि हुन्छ नि” पूजारीले भन्यो । “होटलमा चिया पिउदा पैसा ठटाउछ नि घरमा पिउदा पैसा ठटाउदैन मेरी श्रीमतीले” मैले हाँस्दै भने ।


सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

फोन नं. ४९५३५९४

लघुकथा

प्रतिक्रिया