मनस्थिति कि परिस्थिति

इनेप्लिज २०७९ माघ १४ गते १७:४३ मा प्रकाशित

बिकास भयो या बिनास ? जताततै हामी बिनास र ह्रास देद छ‍ौ र सन्जालमा लेख्तछौ ,जताततै बिनास र नकारात्मकता बक्दछौ। भद्रगोल के के मा,कुन स्तर र कुन हदमा छ कहाँ कहाँ र को कोमा छ ? हुन सक्छ कुनै पक्ष ,प्रणाली,थिति ,स्थान ,तह ,ब्यक्ति सस्था,सेवा,कार्य प्रणालि कहिनकहि कतै न कतै सुधार ,प्रगति,उन्नति ,बिकास भएको त छ ।तर हाम्रो समिक्षा,हाम्रो चिन्तन्,हाम्रो टिप्पणि ,हाम्रो मूल्यांकन,बिश्लेषण, किन बढी भद्रगोल ,बिगार,ह्रास, र नकारात्मकता तर्फ मात्र केन्द्रित छ ? बिगत भन्दा राम्रो भएका ,परिवर्तन भएका कतै देख्दैनौ किन ? सुच्म चिन्तन गरौ र आज भन्दा २०/३०/४०/५०बर्ष पछाडि फर्केर आफ्नो उमेरले समेटेसम्म फर्केर हेरौ ।त्यस समयको हरेक ब्यक्ति ,आफ्नु परिवार ,छरछिमेक, गाउशहर ,पेशा ब्यवसाय,शिक्षा,स्वास्थ्य,हाटबजार,सुबिधा,
साधन ,सोच,अवसर,अर्थ,सामाजिक,राजनैतिक पहाड,तराइ ,जीवनस्तर सबै शुच्म केलाअैां।कहि केहि भएन त ? पक्का भएको छ,राम्रो पनि भएको छ ,हाम्रा बढ्दा मागहरु धानेको छ ।सडक बनेको छ,गाडी बढेकाछन् ,गाडि धनि बढेका छन् ,यातायात नयाँ नयाँ र परिपरि छन्, साधन र स्रोत जुटेक‍ो छ । तछाडमछाड भिडभाड हरेक ब्यापार व्यवसाय चलेकाछन् ,यातायातका कार्यालय कर्मचारि ,बिमा ,लेखापढी हरेकको सख्या र कारोबार बढेका छन्। ग्यारेज ,थपिए ,पा्टपुर्जाका,पसल थपिए ,भ्याट,राजश्व थपियो ,अर्थतन्त्र चलायमान भयो ,रोगगार बढ्यो ,घर चल्यो ,बैक चल्यो । तर भने जस्तो ,गुणस्तरमा भएन ,व्यवस्थित भएन ,दुर्घटना बढ्य‍ो ,सडक पनि तन्किए,पिचभए ,नया खुले ,बाटैबाटा भए । हुन त धेरै भयो ।सुधारको प्रयास पनि भए ,कतै बुध्दी पुगेन ,कतै योजना मिलेन,कतै इमान्दारिता हरायो ,कतै सेटिङ्मा काम बिगारियो ,गर्नेले जे मन चाह्यो त्यो गर्यो,अगुवा फस्यो ,फसायो ,अगुवा नै बाटो हगुवा भयो ,मूल्याकन हरायो ,दण्ड र पुरस्कार शास्त्रको कथा भयो ,हुन त भयो ,गतिशिलता बढेको छ ,काम भएक‍ो छ ,तर छरपस्ट,लथालिङ्ग,भद्रगोल ,गोलमटोल छ ।

किन यसो भयो त ? र कहाकहा भयो ,अब हामी यस्तै शुच्म शुच्म कुरा तथ्यपरक कुरा ठाँउठाँउक‍‍ो ,समय समयको,क्षेत्रक्षेत्रको ,पदपदक‍ो केलाउन सिकौ । शिक्षामा,स्वास्थ्यमा,मानव चेतनामा,अधिकारमा, तत्तत् स्थानमा तत्तत् मितिमा ,कसका पालामा,के के राम्रो के के नराम्रो त्य‍ो खोजौ,भेटेको ,देखेको,र तथ्यपरक लेखेको पढौ,सुनौ ,भनौ तर सतिले सरापेको ,जताततै अध्यारो कालो,फुस्र‍ो नदेखौ ,उज्यालो,झरिलो,भरिलो,मलिलो ,गहकिलो,फरासिलो ,गुनिलो पनि खोजौ ।
सायद चेतना स्तर ,बिबिधता ,सामन्तबाद ,अर्ध बिकसित ,बिकासोन्मुख,पछौटेपन यस्तै यस्तै परिवेशमा कसैको उक्सावटमा,सुनियोजित प्रोपोगण्डामा,राजनैतिक स्वार्थमा ,पित पत्रकारितामा,गलत सूचना प्रवाहमा,लहैलहैमा समाजको ,बिबध सूचना स्रोतमा खोट भएर, दिग्भ्रमित मनोदसाले,बिगारेको अबिश्वासको समाज मनोबिज्ञान लाई,सूचनाको धरातलबाट नै सुधारको खाचो छ ।मनस्थितिमा जे छ त्यो नहुन सक्छ र परिस्थितिमा जे भिटियो त्यो साँच‍ो हुनसक्छ ।त्यसैले परिस्थिमा मन सँगालौ ।सकारात्मक मनस्थितिमा चाहेको परिस्थिति बसालौ ।

                        गिरिराज दवाडी
                     नेपाल सुनसरी इटहरी 

प्रतिक्रिया