राज्यले जनताहरुसँग कर र राजस्व मात्र असुल्ने की ? जनताहरुलाई सेवा सुविधाहरु र राहतहरु पनि दिने ?

इनेप्लिज २०७९ माघ १४ गते २:५६ मा प्रकाशित

राज्यले जनताहरु सँग कर, लाभांश कर, भ्याट र एकीकृत सम्पत्ति कर लगायतका विभिन्न करहरु र राजस्व मात्र असुल्ने की ? मुलुकवासीहरुलाई निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य सेवा लगायतका सुविधाहरु र राहतहरु पनि दिने ?

मुलुकमा राजसंस्था रहेको विगतको समयमा सरकारमा भएकाहरुले कर, लाभांश कर, राजस्व, भ्याट र एकीकृत करहरुको माध्यमबाट जनताहरुको शोषण गरिदैन थियो । राजसंस्था रहेको समयमा मुलुकमा लुटतन्त्र थिएन । मुलुकमा विकृति र बेथितिहरु थिएन । राजसंस्थाको समयमा मुलुकमा नियम, ऐन र कानुन थियोे न्याय मरेको थिएन ।

पंचायत कालमा खोलिएका प्रायःजसो कल कारखानाहरु बन्द छन किन ? कल कारखानाहरु बन्द हुनमा जिम्मेवारहरु को को हुन ? पर्दाफाश र कार्वाही हुन आवश्यक छ ।

हाम्रो मुलुकमा रहेको दलीय व्यवस्थामा विकृति, बेथिति, अराजकता, अस्थिरता र दण्डहीनता छ । दलीय व्यवस्थामा जनताहरुको शोषण भएको छ । वर्तमान समयमा मुलुकमा नियम, ऐन, कानुन र न्याय मरेको छ । मुलुकमा काँग्रेस, एमाले, नेकपा समाजवादी, राप्रपा नेपाल र माओवादी केन्द्र लगायतको सरकार र विभिन्न दलहरुका नेताहरूले कर, लाभांश कर, राजस्व, भ्याट लगायतका करहरु र स्थानीय निकायले एकीकृत सम्पत्ति कर लगायतका करहरु असुल्ने मात्र काम गरिरहेको छ । यसप्रकार सरकार र स्थानीय निकाय मिलेर जनताहरुलाई लुटिरहेका र शोषण गरिरहेका छन । जनताहरुको रगतपसिना चुसिरहेका छन ।

मुलुकमा स्वास्थ्य र शिक्षा समेत निशुल्क छैन । कस्तो लाजमर्दो कुरा हो । सरकारी अस्पतालहरुमा अस्पतालको संचालक समितिहरुले लुटिरहेका छन । सरकारी विद्यालयका संचालक समिति र प्राध्यापकले विधार्थीहरुको अभिभावकहरु संग सहयोग शुल्कको नाममा लुटिरहेका छन । सरकारी विद्यालयका शिक्षकहरुले आफुले आफनो छोराछोरी हरुलाई सरकारी विधालयमा नपढाएर बोडिंग स्कुलहरुमा पढाई रहेका छन । कार्वाही गर्ने कसले र कुन निकायले हो ?

राज्यबाट जनताहरुलाई कुनै सुविधाहरु र राहत छैन । मुलुकमा बेरोजगारहरुको संख्या दिन प्रतिदिन बढि रहेको अवस्था छ । युवाहरू दिनप्रतिदिन बिदेश पलायन भइरहेका छन । महँगी बढिरहेको अवस्था छ । महँगी नियन्त्रण छैन । मुलुकको सरकार संवेदनशील भएको पाइएन । सरकारमा भएकाहरु आफनो स्वार्थ सिद्ध गर्न र कमाउन तर्फ मात्र लागिरहेका छन । कार्यकर्ताहरु आफनो पार्टी सरकारमा भएको समयमा जतिसुकै नराम्रो काम गरेपनि गुणगान गाउने गर्छन । सरकार र दलहरूका नेताहरूले जतिसुकै नराम्रो काम गरेपनि गलतलाई गलत नभन्ने परम्परा राजनीतिक दलहरूको कार्यकर्ताहरुमा देखापरेको छ । विक्रम सम्वत २०७९ साल माघ १० गते इलाम घर भएका युवा उधमी प्रेम प्रसाद आचार्यले वास्तविक कुराहरूको उजागर गरी काठमाडौंको नयाँ वानेश्वरमा संसद भवन नजिक आत्मदाह गरेका छन । प्रेम प्रसाद आचार्यको आत्मदाह मुलुकको सरकार, संसदीय प्रणाली र दलीय व्यवस्था प्रतिको जनविद्रोह हो र जनविद्रोह को थालनी पनि हो ।

मुलुकमा विक्रम सम्वत २०६२/२०६३ सालको घटनाक्रम पछि राज्यद्वारा पीडित र आतंकित भएर आत्महत्या गर्ने जनताहरुको संख्या थुप्रै छन । तर कतिपय समाचारहरु बाहिर नआएको मात्र हो । मुलुकमा युवा व्यापारी उधमी प्रेम प्रसाद आचार्य जस्ता कयौं व्यापारी, उधमी र कृषकहरु आत्मदाह र आत्महत्या गर्ने संघारमा पुगेका छन । राज्यले व्यापारी, उधमी, कृषक र सर्वसाधारण नागरिकहरुको सुविधा र राहतहरुको लागि दीर्घकालीन ठोस नीति र कार्यक्रम बनाउन तत्काल आवश्यक छ ।

मुलुकमा आर्थिक संकटको कुराहरू पनि व्यापक रूपमा आइरहेको छ । सत्यतथ्य के हो ? मुलुकमा आर्थिक संकट छ भने मुलुकमा संघीयता, समानुपातिक प्रणाली र ८८४ जना सांसदहरू चाहियो किन ? मुलुकमा प्रधानमन्त्री, राष्ट्रपति, उपप्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरुलाई
फिजुल अनावश्यक खर्चहरु र सेवा सुविधाहरु
किन ? फिजुल अनावश्यक खर्चहरु र सेवा सुविधाहरु कटौती गरे हुन्न ? मुलुकमा संघीयता र समानुपातिक प्रणाली खारेज गरे हुन्न ? मुलुकमा १०० जना सांसदहरू भए काफी हुँदैन ? यसतर्फ सरकार, सांसदहरू र राजनीतिक दलहरूका नेताहरूको छिटोभन्दा छिटो ध्यानाकर्षण हुन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया