रबि लामिछाने नागरिकता प्रकरण सम्बंधि सम्मानित सर्वोच्च न्यायालयको निर्णय बाध्यताको उपज हो

इनेप्लिज २०७९ माघ १४ गते ०:४६ मा प्रकाशित

खगेन्द्र अधिकारी, वासिंटन, डि. सी.।नेपालको सम्मानित सर्वोच्च अदालत, संवैधानिक इजलास बाट फैसला गरिएको भनिएको रबि लामिछाने नागरिकता प्रकरणका बिषय, प्रसंग र सन्दर्भको स्वास्थ्यवर्धक सवाल सबै देशभक्त र न्याय भक्तिमा बिस्वास गर्नेहरुका लागि अनुत्तरित भएको छ।

अर्थात् फैसलामा प्रश्न माथि प्रश्नहरु नै तेर्सीएका अवस्थामा छन्, प्रसंग र सन्दर्भहरु सबैले मान्य अर्थात् सामान्य लाग्ने भनिएको भए पनि निर्णयहरु असामान्य बनाईएका छन्।

बहुसंख्यक स्वदेशी एवं प्रवासी नेपाली र सम्बंधित सबैका लागि सम्मानित सर्वोच्च न्यायालयका तत् तत् निर्णयहरु अस्वीकार्य अवस्थामा त रहन्न नै, तर बाध्यकारी उपजका रुपमा र मान्यतामा चैं अवस्य नै रहनेवाला छन् भनेर आलोचनात्मक नभएर समालोचनात्मक टिप्पणी गर्दा अत्युक्ति हुँदैन।

यस सम्बन्धमा बहुआयामीक बहस र देशको अदूरदर्शि एवं अविवेक पूर्ण शुसासनको नीयती र सोहि मुताबिक़को अप्राकृतिक न्याय व्यवस्थाको काम-कार्यवाही परिणतिका ख़ातिर भए गरेका सम्पूर्ण निर्णयहरु र गतिविधिहरु माथि नै चुनौती पूर्ण प्रश्नहरु सबैको सामु तेर्सीएका नै छन्।

र ति असहमति र तर्कसंगत मतहरुलाई आज नभए पनि इतिहासको कुनै न कुनै काल खण्डमा जवाबदेही पूर्ण हुनेछन् भन्नेमा बिस्वास गर्न भने हिचकिचाउनु नपर्ला।

आज नेपालमा लहरो तान्दा पहरो गर्जने अवस्थामा स्वदेशी एवं प्रवासी सबै नेपाली जनताका सबै आधारशिलाहरु अनुत्तरित भएका छन् भन्ने सन्दर्भमा दुईमत त भएको होला, तर ति असहमति र तर्कसंगत मतहरुलाई आज नभए पनि इतिहासको कुनै न कुनै काल खण्डमा जवाबदेही पूर्ण हुनेछन् भन्नेमा बिस्वास गर्न भने हिचकिचाउनु नपर्ला।

हामि सबैले यस सन्दर्भमा अरु बढ़ी क्षतिग्रस्त हुन बाट संयमित भएर बुद्धिमत्तापूर्ण सोच बाट हिम्मत देखाउदै साहसिक कदम उठाएर भत्किएका क्षतिहरुलाई पुनः स्थापित गर्न, लागि परेर र पुनः असल सेवाका मार्गमा मार्गदर्शन दिन पूर्ण तैयारी गर्दै अग्रस्थान पुग्न संवेदनशीलता देखाएर हामी सबैले नै विवेक मार्फत अगाड़ी बढ्नु जरुरी हुनेछ।

प्राकृतिक सत्य तितो हुन्छ तर पनि सत्य कदापि मर्दैन। मीठो तथा दीर्घकालिक परिणामको लागि जीवनमा कहिले कांही अप्रत्याशित, अप्राकृतिक र कष्टदायक कदमहरु संग पनि संघर्ष गर्न आवश्यक हुनेछ।

उदाहरणार्थ African anti-apartheid activist and politician (Former President of South Africa) Nelson Rolihlahla Mandela जस्ता विश्वका धेरै संघर्षशील तथा सफलतापूर्वक अथक सिद्धांतको उपलब्धिको लागि जीवनभर अन्याय परेका मानिसहरुको हितको लागि समाजमा भएका बेथितीहरुका विरुद्ध र सामाजिक रुपान्तरण र परिवर्तनको लागि सक्रिय भएर लड़ाई लडेका महान व्यक्तित्वहरुलाई लिन सकिन्छ। धैर्यता पूर्वक सहनु मात्र पर्छ जीवनमा धेरै उकाली ओराली र घुम्तिहरु पार गरे पछि मात्र गन्तव्यमा पुगिन्छ। मेहनत र अथक परिश्रम बाट प्राप्त फल मीठो हुनेछ र फलस्वरूप सबैले मान्य हुने, देश जनता र पुरै समाजको लागि असल र उपलब्धिमुलक उदाहरण बन्न फलीभूत बनिने हुन्छ।

प्राकृतिक सम्पूर्णतामा फलस्वरूप सत्यतालाई तितो मान्नेहरु अन्ततोगत्वा लाचार हुनेछन्, यो नै तितो सत्य हो।

आदरणीय रबि लामिछाने तपाईले नेपाल र स्वदेशी एवं प्रवासी नेपाली जनतालाई आफ्नो मन, मुटु र आधारभूत आधारशिला ठानेर सहनशील भै आजको यस प्रकारको न्याय निरुपणलाई संयमित भएर सहन र समझदार बन्दै भोलीका सुन्दर दिनहरुलाई उपयोगी र उपलब्धिमुलक बनाउनु प्रथम अनि परं कर्तव्य हो भन्ने ठानेर अगाड़ी मात्र बढ्नु पर्दछ। यो निर्णय र अभियान नै अहिलेको वर्तमान परिस्थितिमा यथोचित र मान्यकारी ठहरिने देखिएको छ।

उपरोक्त बिचारहरुलाई सारमा हृदयंगम गरेर अन्तर्राष्ट्रिय अदालतलाई छोडेर नेपालको सर्वोच्च न्यायालयको निर्णय नेपालका लागि चैं अन्तिम भनिएको यस सम्बंधको न्यायिक कदमहरुलाई बाध्यकारी भए पनि सहर्ष स्वीकार गरेर आफ्नो जीवनको उर्जावान शक्ति र महत्वपूर्ण समयलाई साथ-साथ राखेर देश र नागरिक अर्थात् सम्पूर्ण जनतालाई उन्नतिको मार्गमा सेवा प्रदान गर्ने सफल र रफ़्तारको बहुआयामीक यात्रा गर्दै अगाड़ी बढ्दा उन्नत़शील हुनेछ।

प्राकृतिक सम्पूर्णतामा फलस्वरूप सत्यतालाई तितो मान्नेहरु अन्ततोगत्वा लाचार हुनेछन्, यो नै तितो सत्य हो।

आदरणीय रबि लामिछाने तपाईबाट कसैलाई हामी नोक्सानी (Standing to sue) र कुनै किसिमको अपराध गरेको नभएर नेपाली नागरिकता सुनिश्चित गर्ने नेपालमा विद्यमान रहेको नियम मुताबिक़ केवल सम्बंधित तालुकदार कार्यालयलाई आवश्यक पर्ने अदालती कागजी अभिलेखिकरणका सन्दर्भमा यथोचित व्यवस्थापन मात्र नभएर तपाईले सज्जन नागरिक र उर्जावान जनताको साथ र सहयोग बाट आँफैले संघर्ष गरेर प्राप्त गरेको पदहरु मात्रलाई केवल हाललाई गुमाउनु भएको छ। यानेकी यि सबै अस्थाई रुपमा अव्यवस्थित भएका हुन्।

उपरोक्त परिस्थितिको बाबजुत तपाई स्वयं र नेपाली जनताको सुन्दर भविष्यको सुनिश्चितताको लागि न्यायिक निर्णय अनुसार अपरिहार्य भनिएको तथाकथित आडम्बरी कागजी बन्दोबस्तको अव्यवस्थित, अप्राकृतिक र अव्यवहारिक देखावटी झारा टार्ने किसिमको असान्दर्भिक प्रक्रियाहरुलाई जे भए पनि भोलीका दिनका लागि अर्थात् भविष्यका लागि भए पनि पुरा गरेर आफ्नो देशभक्त जनसेवी उद्देश्य बिसाल र बृहत्तर अभियानको रुपमा अभिभावकिय जिम्मेवारी साथ अगाड़ी लैजानु नै उपयुक्त हुनेछ। अथक ईमानदारी बाट प्राप्त सबै तह र प्रतिबद्धताहरु पुनः यसै सिलसिला बाट पुनर्बहाली हुनेछन् ढुक्क हुनु होला। हामीलाई बिस्वास छ, इमानदार जनसेवक देश र जनताको आजको माग हो, तपाईको देशभक्त नेपाली जनतालाई सेवा प्रदान गर्ने हुटहुटी निस्चित रुपमा निरंतर प्रगतिको पथमा प्रयासरत रहनु जरुरी छ।

एउटा Natural Bonafide Citizen कहिले पनि citizenship certificate अभावको कारणले Stateless हुन नसक्ने सर्वमान्य प्राकृतिक न्यायको मान्यता प्राप्त सिद्धांत हो तर आज नेपालको सर्वोच्च अदालत बाट कहिं नभएको जात्रा हाँड़ी गाउँमा भने झैं नौं सिंग्गे नेपालको कानून दैबले मात्र जानुन भन्ने जस्तै अविवेक तवर बाट वास्तविक आफ्नो जन्म सिद्ध नागरिकलाई राज्य बिहिन बनाएर सरणार्थि साबित गरेको छ।

यो सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली जनता र सरोकारवाला सबैको लागि दु:खद् क्षण हो।

यस प्रकारको अदालती कार्यवाही र फैसलालाई जो कसैले पनि अस्वीकार्य भनेर भन्न त सक्दैन तर आफ्नो सकारात्मक सुझाव र दृष्टिकोण सहित असहमति भने जनाउन सकिने भएकाले रबि लामिछाने र यस बिषयलाई महत्वपूर्ण स्थान दिनु हुने शुभचिंतकहरु सबैले सोहि बमोजिम आँफुलाई व्यवस्थित गर्नको लागि उपलब्धिमुलक हुनेछ भन्नेमा दुईमत हुँदैन भन्ने बिस्वास सहितको व्यहोरा संप्रेषित गर्दछु।

यो सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली जनता र सरोकारवाला सबैको लागि दु:खद् क्षण हो।

अन्तमा र सारांशमा भन्नु पर्दा उपरोक्त बिचारहरु केवल सहानुभूतिपूर्वक रहनको लागि नभनिएर उन्नतिको खाका कोर्ने महान अभियानको निस्चितताको लागि उपलब्धिमुलक हुनेछन् भन्ने एकिन गर्न प्रयास गरिएको चैं निस्चय नै हो।

तपाईको उत्तरोत्तर प्रगतिको कामना गर्दै आउने दिनहरुमा अगाड़ी बढ्नको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

आगे सम्बंधितको ईच्छा र निर्णय चलायमान हुनेछ।

उपरोक्त धारणाहरु मेरा निजी बिचारमा आधारित छन् भन्नेमा म विश्वस्त छु।धन्यवाद, अस्तु।

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया