तिम्रो बारेमा लेखेर यी पानाहरू…….

इनेप्लिज २०७९ माघ १३ गते ११:०९ मा प्रकाशित

तिम्रो बारेमा लेखेर यी पानाहरू राखेको छु
मैले तिमिलाई भनेका शब्दहरू सम्झिराखेको छु

मेरो मनबाट उनको बारेमा सोचेको हुन्छु
सोचेका सबै कुरा लेखेर बसेको छु
यी कागजमा कलम समाएर लेखेको छु
धेरै शब्दहरू लेखेर तिमि कहाँ पठाएको छु

सबै कुराको बयान गर्न खोजिरहेको छु
एक छिनको लागि तिम्रो सामु बस्ने छु
रिसाएकी तिमिलाई शान्त पार्न खोजेको छु
मन परेकी मान्छे तिमि तिम्रो बारेमा लेखेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया