तिमि सँग भेट नभएर केहि…….

इनेप्लिज २०७९ माघ १३ गते ११:०६ मा प्रकाशित

तिमि सँग भेट नभएर केहि बोल्न सक्दैन मैले
जस्तो सुकै परिस्थिति भए पनि तिमिलाई भेटछु मैले

तिम्रो अनुहार हरेर यि नयनलाइ पनि केहि सोध्छु
बितेका पलका अनेक कुराहरु मन बाट सम्झिरहन्छु
कहिले हारे,कहिले जिते कसरि बित्यो जिवन
बस्दा,उठता साथ तिम्रो खोजी किन रुन्छ मन

तिम्रो लागि फुलको बगैचा सजाएर राखेको थिए
त्यहि बगैचामा मन भुल्छ होला सोचेको थिए
मेरो मनमा पनि तिम्रो लागि माया रहेछ
विगतका कथाहरु सबै सम्झनामा आएछ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया