लघुकथा-बजार भाउ

– अरुणबहादुर खत्री “नदी” २०७९ माघ १२ गते १०:१९ मा प्रकाशित

नेपालीहरुको ठूलो चाड दशैँमा आलु र काउलीको बजार भाउ छोइनसक्नु हुन्छ । “दशैँमा बजारभाउ सस्तो हुनुपर्नेमा झन् महंगी पो भएको छ” तरकारी बजारमा पुगेर रामशरणले साहुजीसँग भने । “होे त नि सर तरकारी दशैँमा सस्तो हुनुपर्नेमा झनै महंगो भएको छ नि” साहुजीले भने ।

“हामीलाई दशैँ नमान भनेको हुनुपर्छ यो बजारभाउले साहुजी दशैँमा तरकारी सस्तोमा पाइनु पर्नेमा महंगोले हामीलाई किनेर खान साह्रै नै गाह्रो परेको छ” रामशरणले भने । “दशैँमा आलु काउली नखाएर मासुचिउरा खाएर दशैँ मनाउनको लागि तरकारीको भाउ बढेको हुनुपर्छ” साहुजीले भने । साहुजीले त्यसो भनेपछि रामशरणले “मासुको भाउ पनि कहाँ घटेको छ र साहुजी दशैँमा सरकारले मासुको भाउ घटाइदिए त हामीलाई दशैँ मान्न साह्रै नै सजिलो हुन्थ्यो नि” रामशरणले भने ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया