प्रेम प्रसाद आचार्यलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली । मुलुकमा आत्मदाह गर्नुमा राजनीतिक दलका नेतृत्वहरु जिम्मेवार छन

इनेप्लिज २०७९ माघ ११ गते २३:३९ मा प्रकाशित

प्रेम प्रसाद आचार्यलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली । आत्मदाह गर्नुमा राजनीतिक दलका नेतृत्वहरु जिम्मेवार छन 

मुलुकमा प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुमा राजनीतिक दलहरूका नेताहरू पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह, के.पी. शर्मा ओली, सुबास नेम्वाङ, राजेन्द्र लिंगदेन, माधवकुमार नेपाल, झलनाथ खनाल र रवि लामिछाने लगायतका नेताहरू नै दोषी र जिम्मेवार हुन । प्रेम प्रसाद आचार्यले आफुले आत्मदाह गरेपनि मुलुकको घटनाबारे धेरै कुराहरू र वास्तविकता उजागर गरेर नै मृत्युलाई अगाल्न पुगे ।

राजनीतिक दलका कार्यकर्ताहरु र केही नेपाली नागरिकहरु प्रेम प्रसाद आचार्यको वास्तविक भनाईहरु बुझ्नको सट्टा उल्टै मृतकको कुराहरु नै काटिरहेका छन ।

मुलुकमा अराजकता, अस्थिरता, विकृति, बेथिति र दण्डहीनता हुनमा दोषी र जिम्मेवार नेपाली नागरिकहरु नै हुन । सहि कुराहरूलाई सहि भन्न नसक्ने गलत कुराहरूको समर्थन गर्ने नेपाली नागरिकहरुको बानी छ ।

राजनीतिक दलका कार्यकर्ताहरु र केही नेपाली नागरिकहरु पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह, के पी शर्मा ओली, सुबास नेम्वाङ, राजेन्द्र लिंगदेन, माधवकुमार नेपाल, झलनाथ खनाल र रवि लामिछाने लगायतका नेताहरूले मृतक प्रेम प्रसाद आचार्यलाई आत्मदाह गर्न भनेको हो भनेर प्रश्न गर्छन ? यस्तो प्रश्न गर्नेहरु लाजशरम नभएका नकचराहरु र पापीहरु हुन । मुलुकमा जो चोर उसकै ठुलो स्वर भइरहेको छ । प्रेम प्रसाद आचार्य जस्ता कयौं नेपाली नागरिकहरु आत्मदाहको संघारमा पुगेका छन । तत्काल मुलुकमा आत्मदाहको संघारमा पुगेकाहरुलाई बचाउने उपाय र योजना बनाउन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया