जर्मन सरकारले युक्रेनलाई लेपर्ड २ नामक कवचधारी गाडी दिने घोषणा, किभको लागि पश्चिमको समर्थनमा एउटा ऐतिहासिक क्षण

इनेप्लिज २०७९ माघ ११ गते ११:५२ मा प्रकाशित

जर्मन सरकारले अन्तत्वगत्वा युक्रेनलाई लेपर्ड २ नामक कवचधारी(ट्यांक) गाडी दिने घोषणा गरेको छ । यो घोषणासंगै किभको लागि पश्चिम मूलुकको समर्थन एक ऐतिहासिक क्षण भएको छ । यो कदम चाल्न जर्मनीलाई कूटनीतिक दबाब परे पछि बुधबार घोषणा गरेको छ ।

युक्रेनका एक वरिष्ठ अधिकारीले सोभियत संघ कालका पुराना बख्तरबन्द गाडीहरुका गोलाबारुद भण्डार सकिदै आएको एबिसीन्यूजलाई अन्तर्वार्तामा बताएका थिए ।

संघीय सरकारले युक्रेनी सशस्त्र बलहरूलाई लेपर्ड २ युद्ध ट्याङ्क उपलब्ध गराउने निर्णय गरेको जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले बताए । लेपर्ड २ युद्ध नामक कवचधारी (ट्यांक) पठाउने बारे चान्सलर ओलाफ स्कोल्जले आफ्नो निर्णय मन्त्रिपरिषद्लाई बताए ।

यो जर्मनीको निकटतम युरोपेली र अन्तर्राष्ट्रिय साझेदारहरूसँग भएको गहन परामर्शको परिणाम हो, उनले भने ।

पहिलो चरणमा जर्मनीले १४ वटा लेपर्ड नामक बख्तरबन्द गाडीहरू उपलब्ध गराउने भएको छ । साथै युक्रेनी टोलीहरूलाई जर्मनीमा चाँडै तालिम समेत दिने भएको छ । यसको अतिरिक्त रसद, गोलाबारुद र प्रणालीको मर्मतसम्भार पनि समावेश हुने प्रवक्ताले बताए ।

जर्मनीले अन्य देशहरूलाई पनि युद्ध बख्तरबन्द गाडी निर्यात गर्न अनुमति दिनेछ भनि बुधबार घोषणा गरेको छ । पोल्याण्डले मंगलबार औपचारिक रूपमा जर्मनीसँग आफ्ना केही जर्मन निर्मित लेपर्ड २ कवचधारीगाडीहरू युक्रेनमा हस्तान्तरण गर्न स्वीकृति मागेको छ।

यो क्रेमलिनको लागि यो एक झटका हो भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया