विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको उपन्यास ‘बज्रघात’ युट्युबमा सार्वजनिक 

इनेप्लिज २०७९ माघ ११ गते २:३२ मा प्रकाशित

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको उपन्यास ‘बज्रघात’ युट्युबमा सार्वजनिक भएको छ । गीतसङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको ‘बज्रघात’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । उपन्यासको भोइस–ओभर गणेश सुवेदीले गर्नुभएको छ ।

‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास सार्वजनिक गरेको हुँ’, डा. उपाध्यायले भन्नुभयो । उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’ युट्युबमा सार्वजनिक भएको थियो । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया