क्यानडामा रचना रिमाल संग म्युजिकल नाइट

इनेप्लिज २०७९ माघ १० गते २३:२३ मा प्रकाशित

नेपक्यान ईन्टरटेन्मेन्ट को आयोजनामा जनवरी २१ का दिन वीन्डसोर,क्यानडामा रचना रिमाल संग म्युजिकल नाइट साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

क्यानडामा बस्ने नेपालीभाषीहरुलाई नेपाली कला,सङ्गीत, भाषा र संस्कृति सँग जोडिरहन र नेपाल र क्यानडा बिच सांस्कृतिक आदानप्रदानकोउद्देश्य राखेर सुरु गरिएको नेपक्यान ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति स्वरुप कार्यक्रम आयोजना गरिएको नेपक्यानका संस्थापक मध्येका एकके.बी. भण्डारीले बताउनु भयो ।

नेपक्यानले अब नियमित रुपमा तपाईंहरुलाई मनोरञ्जन गराउनेछ । नेपक्यानका संस्थापक मध्येका अर्का रुपेश ढुङ्गानाले बताउनु भयो ।

कार्यक्रममा रचना रिमालका अतिरिक्त स्थानिय नेपालीभाषी कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

करिब २५० दर्शक सहभागी भएका उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी र प्रायोजकरुलाई नेपक्यान ईन्टरटेन्मेन्ट हार्दिक आभार व्यक्त गर्दछ ।

नेपक्यानका अर्का संस्थापक नवीन प्राचीनले भने ।

प्रतिक्रिया