नेपाली कांग्रेसका लागि सत्य तितो नहोस्

इनेप्लिज २०७९ माघ १० गते ०:१९ मा प्रकाशित

खगेन्द्र अधिकारी, वासिंटन, डि.सी. । सहि मार्गमा अगाड़ी बढ्नको लागि नेपाली कांग्रेसले आफ्ना कमी-कमजोरीहरुलाई मनन् गर्नु जनउपयोगी हुनेछ।

चतुर्याई र धोकाधडीको राजनीतिक ब्यबहारले देश र जनतालाई त माथी उठाउन सक्दै सक्दैन, यसले आफ्नो दलको आन्तरिक जीवन र पुरै राजनीतिक सिद्धांतलाई पनि कमजोर बनाउदछ।

नेपाली कांग्रेसले जनतासामु आफ्ना कमी-कमजोरीहरु आत्मसात् गरेर पूर्ण रुपमा महसूस गर्न जब सम्म स्वीकार्न चाहदैन तब सम्म समाजमा कांग्रेसको महत्वबोध अधोगति तीर गै नै रहने छ।

सहर्ष साहस गर्दै देश र जनता प्रति जिम्मेवारी र दायित्वबोधका साथ कमी-कमजोरीहरु प्रति आत्मालोचना गरेर एउटा असल जनसेवी बन्ने निर्णय सहितको सामाजिक अभियानमा प्रतिबद्ध हुनु नेपाली कांग्रेसको मूल कर्तव्य हुनेछ भन्नेमा कमसेकम म चाँही बिस्वास गर्दछु।

ख़ास उपयोगी परिणाम उपलब्धिको लागि हरेक बिषयबस्तुहरु केवल विरोधाभासयुक्त र तर्कमा मात्र आधारित नभएर तथ्यात्मक जानकारी भित्र यथोचित र अनुन्याश्रित हुनु जरुरी हुनेछ। फलस्वरूप सबै एजेण्डाहरु परिणामोन्मुख हुदै सबैलाई उपयोगी सिद्ध हुनेछन्।

यो हाम्रो प्राथमिक साथै सामाजिक मान्यता हो। लामो, स्थाई, स्वास्थ्यवर्धक उत्तरदायी र ज़िम्मेदारी पूर्ण यात्राको लागि साँचो, सत्य र ईमानदारीतालाई बचाउन नसके व्यक्ति वा संस्था जो भए पनि सत्यताको पथमा लम्किन नसक्ने हुन्छ।अर्थात् सत्य तितो हुन्छ तर मर्दैन।साँचो अर्थमा यदि सकिन्छ भने हामी सबैले मनन् गर्न आवश्यक छ।

आगे उनिहरुको ईच्छा र निर्णय नै लगातार होला, उनको मर्जी।

उपरोक्त धारणाहरु मेरा निजी बिचारमा आधारित छन् भन्नेमा म जानिफकार छु।

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया